जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकको मोबाइल बैंकिङ एप स्तरोन्नती, ओम्नी च्यानलमा आधारित सेवा थप सहज हुने

सिटिजन्स बैंकको मोबाइल बैंकिङ एप स्तरोन्नती, ओम्नी च्यानलमा आधारित सेवा थप सहज हुने

सिटिजन्स बैंकले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा सुरु गरेको छ। बैंकले आफ्ना बैंकिङ सेवाहरु मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवाको सुरुवात गरेको जनाएको छ।

हालको मोबाइल बैंकिङ एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक इ क्यास पठाउने, रकम जम्मा गर्न अघि इ भौचर प्रयोग गर्ने, बैंकमा अपोइन्टमेन्ट लिने लगायतका सुबिधा थप गरेको जानकारी दिएको छ।

बैंकका अनुसार मुद्दति खाता खोल्ने, रेमिटेन्स पठाउने, खाताको बिबरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने,  क्यूआर कोड मार्फत भुक्तानी गर्ने लगायतका सेवाहरु यसबाट प्राप्त गर्न सक्नेछन्।

स्तरोन्नत्ती संगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोबाईल वा कम्प्यूटर माध्यमबाट घरमै बसिबसि बिभिन्न बैंकिङ्ग सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

बैंकले एकसय ८३ वटा शाखा, एकसय २१ वटा ए.टि.एम. र एकसय ११ वटा शाखारहित बैंकिङ एकाईहरुबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

7620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?