जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • त्यो कालो शुक्रवार : राजा वीरेन्द्रको वंशनाश

त्यो कालो शुक्रवार : राजा वीरेन्द्रको वंशनाश
२०५८ जेठ १९ मा राजा वीरेन्द्रको वंशनाश हुनेगरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पुगेको छ ।  उक्त हत्याकाण्डलाई आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित तथा कहालीलाग्दो घटनाका रुपमा लिइन्छ ।
दरबार हत्याकाण्डमा तत्काकालीन राजा वीरेन्द्र शाहसहित उनको परिवारका १० जना सदस्यको हत्या भएको थियो । सो घटनामा राजा वीरेद्र रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगायतको हत्या भएको थियो ।
उक्त हत्याकाण्डले नेपालमा गणतन्त्र स्थापनाको आधार समेत बनेको कतिपय राजनीतिक विश्लेषकको भनाई छ  । राजा बीरेन्द्रलाई एसियाका प्रभावशाली व्यक्तिका रुपमा हेरिने गरिन्थ्यो । उनको परिवारको हत्याले देशनै स्तब्ध भएको थियो । देश ठप्प थियो, सबै शोकमा थिए,सबैका आँखा रसाएका र अनुहार मलिन थियो । विश्व नै आश्चर्य चकित बनेको थियो उक्त हत्याकाण्ड देखेर । दरवार हत्याकाण्डका बेला गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री  थिए । राजालाई विष्णुको अवतारका रुपमा हेर्ने नेपालीले राजा वीरेन्द्रलाई पिता सरह मानेका थिए ।
सबै नेपालीले अविभावक गुमाएको महसुस गरे । दरवार हत्याकाण्ड छानविन गर्न तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, र सभामुख तारानाथ रानाभाटसहितको छानविन समिति बनाइएको थियो । उक्त समितिले युवराज दीपेन्द्रले देवयानी राणासँगको प्रेम सम्बन्धका कारण नै आफ्ना परिवार सखाप पारेका र पछि आफूले पनि गोली हानेर आत्महत्या गरेको भन्ने प्रतिवेदन दियो । तर त्यसलाई अझै पनि नेपाली जनताले पत्याउन सकेका छैनन् । यो अझै रहस्यमय नै छ । २०६२/६३ को आन्दोलन ताका बीरेन्द्रका भाइ तत्कालीन राजा ज्ञानेन्द्रलाई दरबार हत्याकाण्ड गराएको पनि आरोप लगाए राजनीतिक दलहरुले ।  तर दरवार छोड्ने बेला उनले यसलाई अस्विकार गरे ।
यसरी भयो हत्याकाण्ड :
दरवार हत्याकाण्ड भएको दिन २०५८ जेठ १९ गते शुक्रबार थियो । घटना बेलुका सवा ९ बजे भएको थियो । तर धेरैले २० गते बिहान मात्रै उक्त घटनाबारे थाहा पाए । नेपालको इतिहासमा सबैभन्दा क्रुर र अकल्पनीय घटनाका रुपमा यसलाई हेरिएको छ । किनकि त्यतिबेला पर्याप्त सुरक्षाको व्यवस्था हुँदा हुदै पनि उक्त घटना भएको थियो ।
नारायणहिटी दरवारको त्रिभुवन सदनमा त्यस दिन राजपरिवारका सदस्यहरु बेलुकाको खाना खान जम्मा भएका बेला यो घटना भएको थियो । हत्याकाण्ड भएको भोलीपल्ट कोमामा रहेका  आफूलाई गोली हानेर आत्महत्या गरेका भनिएका युवराज दीपेन्द्रलाई अचेत अवस्थामै राजा घोषणा गरियो । दरवार हत्याकाण्ड भएको ४ दिनपछि उनको अस्पतालमै उपचारका क्रममा निधन भयो र औपचारिक रुपमा उनको मृत्युको घोषणा गरियो ।  त्यसपछि बीरेन्द्रका माइला भाई ज्ञानेन्द्र शाहलाई राजा बनाइयो ।
ज्ञानेन्द्र २०५८ जेठ २२ देखि २०६५ जेठ १४ सम्म राजा रहे । ज्ञानेन्द्र त्यसअघि २००७ कात्तिक २२ गते देखि पुष २३ गतेसम्म नावालक राजा बनेका थिए । उनका हजुरबुबा त्रिभुवन राणा शासनका बेला २००७ मा भारत निर्वासनमा गएका बेला ज्ञानेन्द्र भने छुटेका थिए ।
त्यसकारण उनलाई राजा घोषणा गरिएको थियो । दीपेन्द्रले दरवार हत्याकाण्ड गराएका हुन भनेर आमजनताले विश्वास नगरेको अवस्थामा कुनै पनि सरकारले छुट्टै किसिमले छानविन गर्ने गरी प्रक्रिया अघि बढाउने ल्याकत राख्न सकेन । त्यति धेरै ब्यक्तिको एकै चिहान हुने घटना के दीपेन्द्र एक्लैले गराएका हुन् त ?
यस्तो छ छानविन समितिको  निष्कर्ष :
तत्कालीन समयमा गठन गरिएको उच्च स्तरीय छानविन आयोगले हत्यामा दीपेन्द्रको संलग्नता रहेको प्रतिवेदन सरकारलाई बुझाएर झारो मात्र टारेको देखिन्छ । अहिलेसम्म पनि राजा वीरेन्द्रको हत्याको पछाडि क–कसको हात थियो भनेर खुल्न सकेको छैन । तत्कालीन प्रधानन्यायाधीशको अध्यक्षतामा गठित समितिले सात दिन लगाएर तयार पारेको प्रतिवेदनले घटनाका सम्बन्धमा धेरै तथ्य विवरणहरू भने संकलन गरेको छ । सतितिले १ सय ८ जनासंग सोधपुछ गरेर प्रतिवेदन तयार पारेको थियो ।
घटना यसरी भएको थियो घटना :
hari bhusal (sunrisephoto33) - Profile | Pinterest
२०५८ जेठ १९ मा घटना घटेको दिन दीपेन्द्रले दिउँसो राजा वीरेन्द्र र आमा ऐश्वर्यसँगै नारायणहिटी दरवारभित्र सँगै लञ्च लिए । लञ्च सकेलगत्तै उनी चार बजे राष्ट्रिय खेलकुदको तयारी हेर्नका लागि सातदोबाटो पुगे । त्यहाँबाट फर्किएपछि साँझ बुवा वीरेन्द्र र मुमा ऐश्वर्यसँगै उनी डिल्लीबजारस्थित बडागुरुज्यू नयनराज पाण्डेकोमा पुगे । त्यहाँ उनले वीरेन्द्र र ऐश्वर्यसँगै एक घण्टा समय बिताए ।  त्यसपछि उनी बुबा आमासँग छुट्टिए ।  साँझ ७ बजे पाहुनाहरु बोलाएको स्थान त्रिभुवन सदनको बिलियार्ड हलमा पुगे । त्यहा कोल्ड ड्रिक्स लिदै उनका पाश्र्ववर्ती गजेन्द्र बोहोरासंग केही समय बिताए । दीपेन्द्रले बोहरालाई ह्वीस्की झिकाउन आदेश दिए । बोहोराले अर्दली रामकृष्ण केसीलाई ह्वीस्की ल्याउन आदेश दिए ।
शुक्रबारको जमघटका लागि पाहुना आउन थालेपछि ह्वीस्कीमा रमाएका दीपेन्द्र आफैँ सर्भसमेत गर्न थालेका थिए । जमघटका लागि पुगेका पारस शाहलाई आफूले ह्वीस्की खाएर बसेको भन्दै दीपेन्द्रले के लिने भनेर प्रश्न गरे । पारसले कोक अर्डर गर्दै दीपेन्द्रलाई विवाहको प्रश्न सोधे । जवाफमा दीपेन्द्रले ’विवाहको कुरा भैराखेको छ । मैले मुमासँग पनि कुरा गरे । मुमा वडामहारानी (रत्न)सँग पनि कुरा गरेँ। दुवै जनाले हुन्न भन्नुभयो ।’
केही पेग ह्वीस्की लिइसकेका दीपेन्द्र मुमा बडामहारानी रत्नलाई लिन महेन्द्र मञ्जिल पुगे । मुमा बडामहारानीलाई त्रिभुवन सदनमा ल्याइसकेपछि दीपेन्द्रले  त्रिभुवन सदनको विलियार्ड कोठाबाट राती ८ बजेर १९ मिनेटमा बोहोरालाई चुरोट ल्याउन  फोन गरे । बोहराले अर्दली  केसीमार्फत शिखर चुरोटमा गाँजा र अर्को नाम नखुलेको कालो पदार्थ मिसाई विलियार्ड कोठाको पूर्वढोकामा पठाए । तर, अर्दली केसीले दिएको चुरोट लिन भने पारस पुगेका थिए ।
राजा वीरेन्द्र त्रिभुवन सदनको हलमा प्रवेश गर्नु अघि दीपेन्द्र मादक पदार्थले ढलिसकेका थिए । ढलेका दीपेन्द्रलाई पारस, निराजन, राजीव र गोरखले उनको कोठामा पुर्याएर सुताए ।  कोठामा पुगेपछि दीपेन्द्रले बाथरुममा गएर उल्टी गरे । फर्किएर आएपछि आफ्नी प्रेमिका देवयानीसँग फोनमा कुरा गरे । देवयानीसँग १ मिनेट ३९ सेकेन्ड  फोनमा कुराकानी गरे । त्यतिबेला राति ८ बजेर ४० मिनेट भैसकेको थियो ।  देवयानीसँय कुराकानी गरेपछि दीपेन्द्रले देवयानीलाई सुत्न भने पनि आफू भने सुतेनन । देवयानीसंग कुराकानी सकिएपछि  एकैछिनमा मिलिटरी पोशाक लगाई तीन बन्दूक भिरेर उनी आफ्नो कोठाबाट तल ओर्लिए ।
माथिल्लो तलाबाट तल झरेपछि दीपेन्द्र सिधै त्रिभुवन सदनको बिलियार्ड हलमा पुगे । दीपेन्द्र आफ्ना बाबु  वीरेन्द्र नजिक पुगे। उनले एमपि फाइभ अटोमेटिक सब मेशिन गनबाट कोठाको सिलिङ र पश्चिम भित्तातर्फ फायरिङ गरे। त्यसपछि कुनै पनि संवाद बिना वीरेन्द्रको पेटमा ताकेर मेशिन गनबाट फायर गरे । गोली लाग्ने बित्तिकै बीरेन्द्र ढलेनन् । कोकको ग्लास हातमा लिएका वीरेन्द्रले ग्लास बिस्तारै  भुइमा राखे । त्यहाँ उपस्थित पाहुना र बीरेन्द्रका परिवारका सदस्यहरु केही  आ–आफ्ना गफमा थिए भने कोही  त्यतिबेला बिलियार्ड हलको कुनाका  म्यूजिकमा रमाइरहेका थिए ।
बीरेन्द्रको पेटबाट रगत बगेर सुरुवालसम्म पुगेको थियो । त्यहाँ उपस्थित भएका एकजनाले डाक्टर डाक्टर भनेर चिच्याएपछि राजीव विक्रम शाह दौडिएर बीरेन्द्रको छेउ पुगे । राजीव सैनिक अस्पतालका चिकित्सक पनि थिए । राजीव पुग्दा वीरेन्द्र ढलिसकेका थिए । बीरेन्द्रलाई गोली हानेर हलबाट बाहिर निस्केका दीपेन्द्रले परिवारका अन्य सबै सदस्यलाई गोली हानेर अन्तिममा आफूलाई पनि गोली हानेका थिए ।
No description available.
छानविन समितिको प्रतिवेदनको सार यहि नै हो । वीरेन्द्रका माहिला भाइ ज्ञानेन्द्र शाह सौराहाबाट पोखरा पुगेका कारण भोजको आमन्त्रित सूचीमा समेत थिएन्। उनकी श्रीमती कोमल भने गोली लागेर घाइते भएकी थिइन् ।
दीपेन्द्र र  देवयानीवीच प्रेम :
सन् १९८७ देखि १९९० सम्म दीपेन्द्रले इंग्ल्यान्डको इटन कलेजमा अध्ययन गरेका थिए । देवयानीलाई दीपेन्द्रले बेलायतमा देवयानीको साथीको घरमा भेटेका हुन् । करिब १२ वर्ष चलेको उनीहरुको प्रेम सम्बन्ध त्यहि भेट पछि बसेका थियो  ।
उनीहरुको विवाहको कुरालाई लिएर रानी ऐश्वर्यले अस्विकार गरेपछि उनीहरूको विवाह हुन सकेन । यहि विवादका कारण दिपेन्द्रले राजदरबार हत्याकाण्डको रचेको हुनसक्ने शंका गर्ने गरिएको छ । देवयानी यो घटना लगत्तै  नयाँ दिल्ली  पुगेकी थिइन । देवयानी  राप्रपा नेता पशुपति शमसेर जबराकी छोरी हुन् ।
राजदरबारको पर्खालभित्र कडा सुरक्षा घेराभित्र भएको यस्तो कहाली लाग्दो घटनाको यथार्थ अझै पनि के हो भन्ने थाहा हुन सकेको छैन । राप्रपाका नेता तारानाथ लुइटेल भन्छन् “ हत्याको दोष दीपेन्द्रलाई लगाइएपनि धेरै कुरा प्रतिवेदनमा स्पष्ट पारिएको छैन, त्यतिबेला नागरिकता विधेयकमा लालमोहर नलगाएकै कारण बीरेन्द्रको हत्या भएको हो” । नेपालमा नागरिकता सम्बन्धि विवाद बर्षौदेखि चल्दै आएको छ । त्यसैको कारण दरवार हत्याकाण्ड भएको लुइटेलको दावी छ ।

5100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका