जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • नविल बैंकका ५२ जना कर्मचारीले गरे जागिर छाड्ने निर्णय

नविल बैंकका ५२ जना कर्मचारीले गरे जागिर छाड्ने निर्णय

नबिल बैंकमा कार्यरत ५२ जना पुराना कर्मचारीले जागिर छाड्ने निर्णय गरेका छन् ।

बैंकले कर्मचारी कटौती गर्नका लागि ल्याएको स्वेच्छिक अवकास योजना (भिआरएस) मा ५२ जना कर्मचारीले जागिर छोड्न तयार हुँदै आवेदन दिएका छन्।

पहिलो चरणमा बैंकले ल्याएको भिआरएस योजनामा थोरै आवेदन परेपछि दोस्रो चरणमा एक साताका लागि समय थपेको थियो। थप गरिएको समय पनि आइतबार सकिएको छ ।

बैंक स्रोतका अनुसार ५२ जनाको हाराहारीमा मात्रै कर्मचारी स्वेच्छिक अवकास रोज्दै आवेदन दिएका छन् । डेपुटी जनरल म्यानेजर कृष्णदत्त भट्ट र एसिस्टेन्ट जनरल म्यानेजर नमिता दिक्षितले पनि स्वेच्छिक अवकास रोजेका हुन् ।

बैंकमा ३४०० को हाराहारीमा कर्मचारी छन् । जसमध्ये २४ सय जना पेरोलमा छन् ।

मर्जर भएको एक वर्षपछि नबिल बैंकले पुनः स्वेच्छिक अवकास सुविधा ल्याएको हो । बैंकले एउटै विभागमा दोहोरिएका कर्मचारी कटौति गर्न भीआरएस ल्याएको हो ।

यसअघि बैंकले २ पटक भीआरएस सुविधा ल्याएको बैंकले नेपाल बङ्गलादेश बैंकलाई गाभेपछि तेस्रो पटक भीआरएस ल्याएको हो ।

नबिल बैंकले साविक नेपाल बङ्गलादेश बैंकलाई २०७९ असार २७ गतेदेखि एकीकृत कारोबार गरेको थियो । एनबी बैंक नबिलमा गाभिनु अघि नै केही कर्मचारीहरु भीआरएसमा बाहिरीएका थिए । त्यसपछि एकीकृत कारोबार पश्चात् पनि पुनः बैंकले भीआरएस सुविधा दिएको थियो ।

अघिल्लो पटक भीआरएस सुविधा दिँदा ७० जना कर्मचारी बाहिरीएका थिए । बाहिरीने कर्मचारीहरुमा अधिकांश एनबी बैंकका थिए । यो भीआरएस सिनियर तहका तथा पूराना कर्मचारीका लागि ल्याइएको हो ।

1285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका