जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • दशैंमा कुमारी बैंकको बोनस शेयर उपहार

आर्थिक विशेष

दशैंमा कुमारी बैंकको बोनस शेयर उपहार

८६ करोड ८५ लाख रुपैयाँको बोनस शेयर दिने

दशैंमा कुमारी बैंकको बोनस शेयर उपहार

८ अरब चुक्ता पुजी भएको सबल र सक्षम कुमारी बैंकले समय समयमा विभिन्न आकर्षक प्रडक्टहरु ल्याएर ग्राहकहरुको मन जित्न सफल भएको छ ।
कुमारी बैंकले आफ्नो पूँजीकोष बढाउन गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरी अर्को राम्रो कम समेत गरेको छ।

बैंकको सञ्चालक समितिको बैठकले आगामी साधारणसभाबाट पारित हुने गरि चुक्ता पूँजीको १० प्रतिशतशत अर्थात ८६ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस शेयर दिने निर्णय गरेको बैंकले जानकारी दिएको छ ।
बैंकले गत आर्थिक बर्षको भन्दा लाभांस दर आधाले घटाएको छ। अब बैंकको चुक्ता पूँजी ९ अर्ब ५४ करोड रुपैयाँ पुग्ने छ। बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ६८ करोड रुपैयाँ छ।

गत आर्थिक बर्ष बैंकले एक अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। प्रति शेयर आम्दानी भने १५ रुपैयाँ छ। लाभांस बाड्न योग्य नाफा ९६ करोड ७० लाख रुपैयाँ मात्रै थियो। केहि रकम जगेडामा राखेर बाँकी बोनस शेयर वितरण गरेको छ।

7720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका