जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलोपटक एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत IPOआवेदन दिन सकिने

नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलोपटक एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत IPOआवेदन दिन सकिने

सहज डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूको लामो लाइन बसी IPO फारम बुझाउने झन्झटलाई न्यूनिकरण गर्ने उद्देश्यले अतुलनीय सहजता सहित नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने IPO मा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ ।

यस बैंकमार्फत डिम्याट खाता खोल्नुभएका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिनु भएका ग्राहक महानुभावहरूले यस नवीन सेवा अनुसार IPO खुलेका शेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्नुहुनेछ ।

COVID-19 महामारीको जोखिम कायम रहेका बेला ग्राहक महानुभावहरुलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट IPO आवेदन लिँदै आएकोमा अब देखि बैंकसम्म नपुगी NIC ASIA MoBank बाट IPO आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको हो ।

यस बैंकको NIC ASIA MoBank प्रयोगकर्ता महानुभावहरूले एप भित्र रहेको Apply Share आइकनमा ट्याप गरेर आवेदन दिन सक्नुहुनेछ । Apply Share आइकनमा ट्याप गरेपश्चात् त्यसभित्र आईपिओ खुलेका कम्पनीहरूमध्ये आफुले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ ।

त्यसपछि आफुले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर Submit गरेपश्चात आवेदन पूरा हुनेछ । ग्राहक महानुभावहरूले आफ्नो स्मार्टफोन प्रयोग गरी IPO आवेदन दिन सक्ने हुँदा यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर IPO आवेदन दिनुपर्ने झन्झबाट ग्राहक महानुभावहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।

यसरी घरमै बसेर IPO भर्ने सुविधा लिनका लागि बैंकका ग्राहक महानुभावहरूले NIC ASIA MoBank डाउनलोड गरी तथा यस बैंकमा डिम्याट खाता खोली वा अहिलेसम्म बैंकमा आबद्ध नहुनुभएमा यस बैंकमा बचत खाता खोलेर NIC ASIA MoBank डाउनलोड तथा यस बैंकमा डिम्याट खाता खोल्नु भई समयमै IPO भर्ने सुविधाबाट लाभान्विन हुन सक्नुहुनेछ । साथै, बैंकले आफ्नो वेबसाइट www.nicasiabank.com मा रहेको Apply Now आइकनमा ट्याप गरेर समेत IPO आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

छ ।

5765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?