जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • अर्थतन्त्रले सुधारको बाटो लिइसक्यो, सेयर मार्केटलाई भने सेफ ल्यान्डिङ गराउनु पर्छ- अर्थमन्त्री

अर्थतन्त्रले सुधारको बाटो लिइसक्यो, सेयर मार्केटलाई भने सेफ ल्यान्डिङ गराउनु पर्छ- अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाश शरण महतले पैसा नचलेर अर्थतन्त्र नचलेको बताएका छन् । मंगलबारदेखि भृकुटीमण्डपमा सञ्चालन भएको १५ औं संस्करण ‘नाडा अटो शो २०२३’ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘पैसा नभएर अर्थतन्त्र नचलेको हैन, पैसा नचलेर अर्थतन्त्र नचलेको हो,’ उनले भने- ‘खर्च गर्नेले खर्च गरौं, सरकारी परियोजना पनि अगाडि बढाऔं ।’

‘अर्थतन्त्रमा समस्या छ तर सुधारको संकेत देखिइरहको छ,’ उनले थपे- ‘अहिले जग्गा कित्ताकाटको समस्या समाधान भएको छ, विस्तारै अब जग्गाको बिक्री बढ्छ, अटो क्षेत्र पनि चलायमान हुन्छ, आयात पनि बढ्न थालेको छ, निर्यात पनि विस्तारै बढाउँदै जाने छौं ।’

निजी क्षेत्र नै अर्थतन्त्रको वाहक भएकाे उनले बताए । सामाजिक र आर्थिक पूर्वाधारमा निजी क्षेत्र आउन हिच्किचाए पनि अन्य क्षेत्रमा निजी क्षेत्रको निकै ठूलो भूमिका रहेको बताउँदै अर्थमन्त्री डा. महतले सरकारले निजी क्षेत्रको भूमिकालाई उच्च प्राथमिकता दिएको बताए ।

कार्यक्रममा बोल्दै उनले सेयर मार्केटमा समस्या आएकोले यसलाई सेफ ल्यान्डिङ गर्न जरुरी रहेको बताए । सरकारले ईभीलाई पनि प्राथमिकता दिएको बताउँदै उनले ईभीमा लागेको कर पनि धेरै नबढ्ने बताए । विगतमा लक्जरीको रूपमा हेरिने अटोमोबाईल क्षेत्रबाट अहिले सबैभन्दा बढी राजश्व संकलन भएको उनको भनाई छ ।

त्यस्तै, उनले चार्जिङ् स्टेशनलाई पनि विस्तार गर्दै लाने र अटोका सोरूमलाई मर्ज गर्नुपर्ने अवस्था देखिएको बताए ।

1925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका