जोडिनुहोस
शुक्रबार, पुस २६, २०८१
शुक्रबार, पुस २६, २०८१

हालको खबर

  • होमपेज
  • ३ अर्बको ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक, कति पाइन्छ ब्याज ?

३ अर्बको ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक, कति पाइन्छ ब्याज ?

सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले असोज १७ गतेदेखि प्रति इकाई १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ३० लाख इकाई ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले १० वर्ष अवधिको ‘१०% सिटिजन्स डिबेन्चर २०९०’ जारी गर्न लागेको हो । यसमा वार्षिक १० प्रतिशत ब्याज पाइने छ । ३० लाख इकाईमा १८ लाख इकाई बैंक आफैले विभिन्न संघ संस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ । जसमा ६० हजार इकाई सामूहिक लगानी कोषका लागि छुट्याईएको छ ।

ऋणपत्रमा असोज २१ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा कात्तिक १ गतेसम्म आवेदन दिन सकिने छ ।

ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम माग गरेको सबै इकाईमा आवेदन दिन सकिनेछ । आवेदन सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

1790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका