जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • बैंकहरुमा १ अर्ब लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुमा १ अर्ब लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंक उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो।
केन्द्रीय बैंकले उक्त रकममध्ये ८० करोड रुपैयाँ वाणिज्य बैंकमा, १५ करोड रुपैयाँ राष्ट्रियस्तरका विकास बैंक र ५ करोड राष्ट्रियस्तरका वत्त कम्पनीमा मुद्दति निक्षेपमा लगानी गर्नेछ।
उक्त रकम आउँदो २०८० कात्तिक १२ गतेदेखि २०८१ कात्तिक १२ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ। इच्छुक बैंकले भोलि असोज २३ गते बेलुका ७ बजेसम्म प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।

4695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका