जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • एनआईसी एशिया क्यापिटलको अध्यक्षमा ढकाल नियुक्त

एनआईसी एशिया क्यापिटलको अध्यक्षमा ढकाल नियुक्त

एनआईसी एशिया क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । आज असार १ बसेको सञ्चालक समितिको बैठकले क्यापिटलको सहायक प्रमुख कार्यकारी अधिकृत ढकाललाई आजदेखि लागू हुने गरी अध्यक्षमा नियुक्त गरेको क्यापिटलले जनाएको छ ।

ढकालसँग आईसीआईसी बैंक भारत र डेलोइट इन्डिया (बिग–४) मा समेत काम गरेको अनुभव छ । उनीसँग हाम्रो विकास बैंकमा काम गरेको पनि अनुभव रहेको छ ।

ढकाल एआआईसी एशिया बैंकको बिजनेश प्रेशेस रि–इन्जिनियरिङ विभागको प्रमुखको भूमीकाबाट एनआईसी एशियामा प्रवेश गरी बैंकको उच्च व्यवस्थापन तहमा रही १२ वर्षभन्दा बढीको बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

हाल एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष रहेका यनले हासिल गरेको लामो कार्यानुभव तथा उच्च ब्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलले समग्र व्यवसाय विस्तार र क्यापिटलले दिने सेवालाई उत्कृष्ट बनाई क्यापिटलले नयाँ उचाई चुम्ने विश्वास गरेको छ ।

6895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका