जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • ‘कर्जाको ब्याजदर १०/११ प्रतिशतसम्म ल्याउने प्रयास भइरहेको छ’

‘कर्जाको ब्याजदर १०/११ प्रतिशतसम्म ल्याउने प्रयास भइरहेको छ’

नेपाल राष्ट्र बैंकका कायममूकायम(कामू) गभर्नर बमबहादूर मिश्रले कर्जाको ब्याजदर १०– ११ प्रतिशतसम्म ल्याउने प्रयास भइरहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको अवस्थामा मुद्रास्फिती नियन्त्रण गर्न हामीलाई हम्मेहम्मे परिरहेको बताए । तर पनि हामी ब्याजदर घटोस् भन्ने चाहेको उनले बताए ।

उनले त्यहि बाटोमा नेपाल राष्ट्र बैंक अग्रसर रहको संकेत पनि गरे । डेपुटी गभर्नरसमेत रहेका मिश्रले वित्तीय स्थिरता, मुद्रा स्फिती नियन्त्रण र बाह्यि क्षेत्रको सन्तुलनका लागि राष्ट्र बैंकले काम गरिरहेको उल्लेख गरे ।

उनले आफूहरु निजीक्षेत्रसँग जस्तोसुकै सहकार्य गर्न पनि तयार रहेको बताए । मिश्रले अर्थतन्त्रमा केहि समस्याहरु देखिएको उल्लेख गर्दै सवैजना मिलेर अगाडि बढेमा मात्र समाधान निस्कने पनि बताए ।

690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका