जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सिटिजन्स बैंंकको मोबाइल एपमा थप सुविधा

सिटिजन्स बैंंकको मोबाइल एपमा थप सुविधा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूको मोबाइल बैंकिङ अनुभव अभिवृद्दि गराउने र वास्तविक डिजिटल बैंकिङको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमा नयाँ सुविधाहरू थप गरेको जनाएको छ ।

बैंकले हाल मोबाइल बैंकिङ एपमार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाहरूका अतिरिक्त अन्य उपयोगी सेवाहरू समेत थप गरेको जानकारी दिएको हो । बैंकका अनुसार अब ग्राहकहरूले मोबाइल बैंकिङ एपमार्फत नै मुद्दती खाता खोल्ने, चेक रोक्का गर्ने, डेबिट कार्ड प्राप्त गर्न निवेदन दिने, कार्ड ब्लक गर्ने, पिन रिसेट गर्ने, क्रेडिट कार्डको सीमा हेर्ने जस्ता सुविधाहरू प्राप्त गर्नेछन्‌ ।

बैंकले आफ्ना विशेष ग्राहकहरूलाई लक्षित गरी मोबाइलमार्फत्‌ नै प्रिभिलेज बैंकिङ सेवा समेत सुरु गरेको जनाएको छ । यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरू मार्फत प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ एप मार्फत नै प्रिभिलेज सेवाहरू प्रदान गर्ने जानकारी दिएको हो ।

यस सेवा अन्तर्गत ग्राहकहरूले बैंकका तोकिएका सम्पर्क अधिकृतहरू मार्फत बिना झन्झट बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्‌ । सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमा नयाँ प्रयोगकर्ता इन्टरफेस अपग्रेड गरिएकाले प्रयोगकर्ताको अनुभव बढ्ने बैंकको दाबी छ । लगइन मेनु पनि पुनः संगठित गरिएको छ; जहाँ स्मार्ट सेवाहरू, स्मार्ट प्रस्तावहरू, ईएमआई क्याल्कुलेटर र विदेशी मुद्रा आइकन छुट्टै ब्लक डिजाइनमा राखिएको छ ।

लागू गरिएको नयाँ डिजाइन प्रयोगकर्तामैत्री बनाइएको र नेपालपेको क्युआरमार्फत्‌ व्यापारीहरूलाई क्युआर स्क्यान गरी भुक्तानी गर्ने सुविधाहरू जस्ता विभिन्न नयाँ सुविधाहरू ल्याइएको बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंकले देशभर १८८ वटा शाखा, १४८ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरूबाट १६ लाख ६४ हजार ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

1320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?