जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकका पूर्व प्रवन्धक सहित अन्य ७ जनालाई साढे ९ करोड बिगोसहित आरोपपत्र दर्ता

राष्ट्रिय वाणिज्य बैंकका पूर्व प्रवन्धक सहित अन्य ७ जनालाई साढे ९ करोड बिगोसहित आरोपपत्र दर्ता

राष्ट्रिय वाणिज्य बैंकका पूर्व प्रवन्धकसहित ८ जनामाथि साढे ९ करोड बिगो सहित आरोप पत्र दायर गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका त्रिभुवनचोकस्थित रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयबाट कर्मचारी र धितो मूल्यांकनकर्ता समेतको मिलेमतोमा सरकारी कागज किर्ते बनाइ ऋण प्रवाह गरेको आरोपमा उनीहरूका विरुद्ध मुद्दा दर्ता गरिएको हो । उनीहरूलाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दूरुपयोग आयोगले विशेष अदालत काठमाडौंमा आज बुधबार आरोपपत्र दायर गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकामा अवस्थित राष्ट्रिय वाणिज्य बैंक तत्कालनि प्रवन्धक ललितवहादुर शाहीलाई एक करोड २५लाख बिगो सहित आरोपपत्र दायरा गरिएको हो । सोही शाखाका सहायक –नगद)  कलवहादुर ओली क्षेत्री, सहायक –नगद) प्रिन्सी गुप्ताका विरुद्ध अख्तियारले सवा करोड/सवा करोड बिगो सहित आरोपपत्र दायरा गरिएको हो ।  आरोप पत्र दर्ता गरिएको हो ।

त्यसरी नै रिजवान अहमद जसगढ, फहमिदा बानो जसगढ, जग्गाको  सूचीकृत धितो मूल्यांकनकर्ता कर्णवहादुर केकेलाई सवा सवा करोड र सकिना जसगढलाई ७५ लाख रुपैयाँ बिगो सहित आरोपपत्र दर्ता गरिएको प्रवक्ता तारानाथ अधिकारीद्वारा प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

किर्ते कागजहरूको आधारमा किर्ते धितो मूल्यांनक गरी गरेको पाइएको छ ।  कागजातहरू राष्ट्रिय बाणिज्य बैक त्रिभुवनचोक शाखामा पेश गरी कर्जा लिने कार्य गरी गैरकानूनी लाभ वा हानी पु¥याउने, सरकारी कागज किर्ते गर्ने, गलत लिखत र प्रतिवेदन तयार गरी सरकारी सम्पत्तिको  ेक्सानी गरी गराई भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले उनीहरूका विरुद्ध आरोपपत्र दायरा गरिएको हो ।

5515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका