जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३
  • होमपेज
  • विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँको बिगो दाबी गर्दै विशेष अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दर्ता भएको छ। विशेष अदालतका प्रवक्ता कृष्णप्रसाद लामिछानेले उक्त मुद्दा दायर भएको जानकारी दिएका हुन्।

सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई हिरासतमा राखेर अनुसन्धान थालेको २४ औं दिनपछि विशेष अदालतमा मुद्दा दायर गरेको हो। विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो।

व्यवसायी दीपक भट्टसँगको कनेक्सनका आधारमा विभागले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा पौडेलले भट्टसँग मिलेमतो गरी गैरकानूनी लाभ लिएको खुलेपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर