आर्थिक विशेष
‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको एकीकृत निर्देशन
0 टिप्पणी
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि एकिकृत निर्देशन २०८० जारी गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि एकिकृत निर्देशन २०८० जारी गरेको हो ।
एकीकृत निर्देशन, २०७९ र सो पश्चात २०८० असोज मसान्तसम्म जारी भएका परिपत्र निर्देशन समेतलाई समावेश गरी परिमार्जन गरिएको एकिकृत निर्देशन २०८० जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।