जोडिनुहोस
शनिबार, असार ६, २०८३
शनिबार, असार ६, २०८३
  • होमपेज
  • गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्डबाट सम्मानित

गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्डबाट सम्मानित

गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्डबाट सम्मानित भएको छ । बैंक विकास बैंक समूहअन्तर्गत उक्त अवार्ड पाउन सफल भएको हो ।

कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजना गरिएको ‘कर्पोरेट बिजनेस अवार्ड एण्ड समिट २०२६’ को १८औँ संस्करणमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रम बिहीबार काठमाडौंस्थित होटल र्‍याडिसनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा विशेष अतिथि तथा हरी ढकाल ले गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी लाई अवार्ड हस्तान्तरण गरेका थिए ।

अवार्ड कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत विभिन्न व्यावसायिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बैंकले यसअघि पनि व्यवस्थापन तथा सेवा उत्कृष्टताका लागि सम्मान प्राप्त गरेको थियो । न्यू बिजनेस एज लिमिटेडद्वारा मे ८, २०२६ मा आयोजित ‘न्युबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्ड्स’ को १०औँ संस्करणमा गरिमा विकास बैंक ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ बाट सम्मानित भएको थियो ।

आईएसओ ९००१ः२०१५ र आईएसओ २७००१ः२०२२ मान्यता प्राप्त गरिमा विकास बैंकले हाल देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर