जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३
  • होमपेज
  • प्रधानमन्त्री र गभर्नरबीच भेटवार्ता

प्रधानमन्त्री र गभर्नरबीच भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको छ। करिब एक घण्टा चलेको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्द्धनका लागि नीतिगत सहजीकरण तथा लचकता अपनाउन गभर्नरलाई सुझाव दिएका छन्।

छलफलका क्रममा प्रधानमन्त्रीले पूँजी बजारका लगानीकर्ताको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिँदै मौद्रिक नीतिमा रहेका कतिपय सीमा र अप्ठ्यारा प्रावधानहरूलाई खुकुलो पार्न आग्रह गरे। साथै, उनले साना तथा ठूला उद्यमीलाई निर्धक्क लगानी गर्ने वातावरण सुनिश्चित गर्न, बैंकको ब्याजदर उद्यममैत्री बनाउन र महिला तथा सीमान्तकृत व्यवसायीलाई कर्जा सहुलियतमा विशेष प्राथमिकता दिएर अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन सुझाव दिए।

जवाफमा गभर्नर पौडेलले आगामी मौद्रिक नीति र कार्यदिशालाई व्यावसायिक, लचिलो र समयसापेक्ष बनाउन राष्ट्र बैंक प्रतिबद्ध रहेको बताए। उनले सरकार र केन्द्रीय बैंकको साझा लक्ष्य अर्थतन्त्रलाई गति दिनु रहेको स्पष्ट पार्दै सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म सबैलाई नीतिगत रूपमा पूर्ण सहजीकरण गर्ने र समग्र अर्थतन्त्रलाई गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरे।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर