जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • ग्लोबल आइएमई बैंकको डिजिटल दक्षिणा योजना, ग्लोबल स्मार्ट प्लस मार्फत दक्षिणा दिदा १० प्रतिशत क्यासब्याक

ग्लोबल आइएमई बैंकको डिजिटल दक्षिणा योजना, ग्लोबल स्मार्ट प्लस मार्फत दक्षिणा दिदा १० प्रतिशत क्यासब्याक

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरुलाई ग्लोबल स्मार्ट प्लस मार्फत हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ ।

बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया दशमी २०८० को टिकाको दिन आफ्ना प्रियजनलाई दक्षिणाको रुपमा पैसा पठाउँदा १० प्रतिशत (रु. १०० सम्म) बैंकको आफ्ना ग्राहकहरुलाई दक्षिणा स्वरुप तुरुन्तै क्यासब्याक पाउनेछन । ग्राहकहरुले पैसा पठाउँदा प्रोमोकोड “DAKSHINA” लेखी पैसा ट्रान्सफर गर्नुपर्नेछ ।

ग्लोबल आइएमइ बैंकको ग्लोबल स्मार्ट ए्याप प्रयोगकर्ता ग्राहकहरूले २०८० कात्तक ७ गते विजया दशमीको दिन बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म बैंकको दक्षिणा पाउने बैंकले जनाएको छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी समय सापेक्ष रुपमा बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकको दाबी छ ।

बैंकले ३५२ शाखा कार्यालय, ३७१ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४५ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको पनि जनाएको छ ।

3095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?