जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • हिमालयन बैंकमा फेरि लफडा, एक सञ्चालकद्वारा मुद्दा दायर

हिमालयन बैंकमा फेरि लफडा, एक सञ्चालकद्वारा मुद्दा दायर

हिमालयन बैंक लिमीटेडका सञ्चालकहरुबीचको लफडा पुनः सुरु भएको छ ।

सेयर अनुपात विषयको पुरानो लफडा पुनः बल्झिएको हो ।

सिभिल बैंकलाई गाभेर निकै ठूलो भएको हिमालयन बैंकमा अहिले पनि सर्वसाधारणको सेयर स्वामित्व कानूनी व्यवस्थाअनुसार पुग्न सकेको छैन । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९(१) र ९(४) बमोजिम सर्वसाधारण शेयरधनीको कुल जारी पुँजीको कम्तीमा तीस प्रतिशत सेयर स्वामित्व हुनुपर्छ । तर, सिभिललाई गाभेपछि पनि हिमालयन बैंकमा सर्वसाधारणको सेयर स्वामित्व २७ प्रतिशत मात्र छ ।

सिभिललाई गाभ्नुअघि हिमालयन बैंकमा सर्वसाधारण सेयरधनीको होल्डिङ १५ प्रतिशत मात्र थियो । सिभिलको भने ४९ प्रतिशत थियो । दुई बैंक मर्ज भएपछि सर्वसाधारणको सेयर स्वामित्व अनुपात बढेर २७ प्रतिशत पुगे पनि कानूनी व्यवस्थाअनुसार ३ प्रतिशत अझै कम रहेको छ ।

सर्वसाधारण सेयरधनीको स्वामित्व ३० प्रतिशत पुग्नेबित्तिकै सो समूहबाट सञ्चालक समितिमा २ जनाको प्रतिनिधित्वको अवसर प्राप्त हुन्छ । हाल एकजना मात्र सञ्चालक पब्लिकबाट छन् । यही विषयलाई उठाउँदै हिमालयन बैंकको एक संस्थापक म्युचुअल ट्रेडिङको तर्फबाट बैंकको साधारणसभाअघि नै सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पुर्याउनुपर्ने व्यवस्था कार्यान्वयनको माग गर्दै घटस्थापनाअघि उच्च अदालत पाटनमा मुद्दा परेको हो ।

रिटमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९(१) र ९(४) बमोजिम सर्वसाधारण शेयरधनीको कुल जारी पुँजीको कम्तीमा तीस प्रतिशत हुने गरी बैंकको पुँजी संरचनालाई व्यवस्थित गरेर मात्रै साधारण सभा गर्न र सर्वसाधारणबाट संचालक चयन गर्न माग गरिएको छ ।

मुद्दामा बैंकका केही निहीत स्वार्थ भएका संचालकहरुले सर्वसाधारण शेयरधनीका तर्फबाट बैंकको संचालक समितिमा प्रतिनिधित्वमा जालझेल गर्न खोजेको आरोप समेत लगाइएको छ ।

यसअघि पनि हिमालयन बैंकको संचालक विवाद पटक पटक अदालतमा पुगेको थियो ।

हिमालयन बैंकमा स्थापनाकालदेखि नै निजी क्षेत्रबाट ४ वटा समूह संस्थापक शेयरधनीको रुपमा मनोजबहादुर श्रेष्ठ, प्रेमप्रकाश खेतान, हिमालय शमशेर राणा र हविव बैंक अफ पाकिस्तानका प्रतिनिधि सलीम अम्लानी रहेका छन । यी ४ संस्थापक शेयरधनीबाहेक कर्मचारी सञ्चय कोष पनि बैंकको ठूलो सेयरधनी हो ।

985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?