जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल बैंकले सार्वजनिक गर्यो पारिवारिक खुशीबारेको भाबुक भिडियो

नेपाल बैंकले सार्वजनिक गर्यो पारिवारिक खुशीबारेको भाबुक भिडियो

नेपाल बैंक लिमिटेडले चाड पर्वहरुको अवसरमा पारिवारीक साथ सम्बन्ध दर्शाउने मर्मस्पर्शि संदेशमुलक भिडियो “साथ सम्बन्ध”  सार्वजनिक गरेको छ । परिवारमा सबैका आ–आफ्ना चाहना आवश्यकता र भूमिकाहरु हुन्छन् र  ति सवैको सम्मान गर्नुपर्दछ भन्ने भाव देखिने भिडियोमा हजुरबुवाको एक फरक क्षमता भएको आफ्नो नाति प्रतिको असिम प्यारलाइ कारुणीक ढंगले प्रस्तुत गरिएको छ  

यसबाट हजुरबुवा र हजुरआमाहरुले आफ्ना सन्ततीलाई कतिसम्म माया गर्दछन् भन्ने वुझ्न सकिन्छ ।  त्यसैगरि परिवारमा वुढेसकाल लाग्दै गरेको बुवालाई विना सल्लाह उहांको इच्छा विपरितका निर्णयहरु छोराले गरेको हाम्रो समाजको वास्तविकता देखाउदै बुवाआमाको अनुभव र सल्लाह सन्ततीका लागि सधैं मार्गदर्शक र प्रेरणादायी हुन्छन भन्ने चित्रण पनि भिडियोले देखाएको छ । 

असल पारिवारीक साथ सम्बन्धले खुशि मिन्छ र  पारिवारीक खुशि नै सवैभन्दा ठूलो खुशि हो । आर्थिक समस्यामा परेको एक छोराले सोच विचार पारिवारीक सरसल्लाह नगरि आफ्नो क्षणिक खुशिको लागि हतारमा गरेको निर्णय र एक अनुभवले खारिएको जिवनका धेरै आरोह अवरोहहरुसंग मुकाविला गरि सफलता हाँसिल गरेको  धैर्यवान बुवाको भूमिका नै यस भिडियोका मुख्य आकर्षक पक्षहरु हुन् । 

करिव पाँच मिनेटको यो भिडियोको अन्तमा छोराले पश्चाताप गर्दै भावुक हुंदै आफ्नो बावुसंग गरेको अंकमालले सो परिवारमा निकै ठूलो खुशि ल्याएको देखिन्छ । हाम्रो समाजको  यथार्थपरक चित्रण गरेको भिडियोको कथाले  दर्शकलाई शुरु देखि अन्तसम्म भावुक बनाउदछ । 

डिजिटल बैंकिङ् प्रयोग गर्न जेष्ठ नागरिकहरुलाइसमेत  प्रोत्साहित गरेको भिडियोले अप्रत्यक्ष रुपमा बचतको महत्व दर्शाउदै सवैलाइ बैंकमा वचत गर्न प्रेरित पनि गरेको छ । नेपाल बैंक लि.ले आफ्नो आधिकारीक फेसबुक पेज  र युटुव मार्फत सो भिडियो सार्वजकि गरेको जनाएको छ

7170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका