जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • जनसंख्याको २५.५६ प्रतिशतसँग बैंक खाता

जनसंख्याको २५.५६ प्रतिशतसँग बैंक खाता

देशभरका कुल ६६ लाख ६० हजार ८ सय ४१ परिवारमध्ये ४१ लाख २२ हजार ६ सय ९० (६१.८९ प्रतिशत) परिवारमा कम्तीमा १ जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जनगणनाको बाँकी विवरण सार्वजनिक गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो ।

यस्तै, कुल २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्यामध्ये ७४ लाख ९ हजार १ सय ८१ जना अर्थात् २५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्था (सहकारी संस्थाबाहेक)मा कम्तीमा एउटा खाता रहेको देखिन्छ ।

यसैगरी, कुल १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ जना पुरुषमध्ये २६.४२ प्रतिशत र कुल १ करोड ४९ लाख ११ हजार २७ जना महिलामध्ये २४.७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता रहेको नतिजामा उल्लेख छ ।

कुल परिवारमध्ये २५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिएको देखिन्छ । प्रदेशअनुसार हेर्दा त्यस्ता ऋण लिने परिवार सबैभन्दा बढी मधेश प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशत देखिन्छ ।

920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका