जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • नेपाल र यूएईबीच हुने क्रिकेट सेमिफाइनल खेलको टिकट आइएमई पे एपबाट काट्न सकिने

नेपाल र यूएईबीच हुने क्रिकेट सेमिफाइनल खेलको टिकट आइएमई पे एपबाट काट्न सकिने

आईसीसी मेन्स टी–२० वर्ल्डकप फाइनल एसियाअन्तर्गत नेपाल र यूएईबीच हुने सेमिफाइनल खेलको टिकट आइएमई पे एपबाट काट्न सकिने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। उक्त खेल मूलमानी मैदानमा हुनेछ। सेमिफाइनल खेलका लागि मात्र ३ हजार ५०० टिकट अनलाइनमार्फत आइएमई पे एपबाट काट्न सकिने व्यवस्था गरिएको क्यानले जनाएको छ।

मैदानमा टिकट बुथ नहुने पनि क्यानले स्पष्ट पारेको छ। निश्चित संख्यामा मात्रै टिकट उपलब्ध हुने भएकोले दर्शकहरुलाई नेपाल र यूएईबीचको खेल सकभर घरमै बसेर हेर्न पनि क्यानले आग्रह गरेको छ।

क्यान र क्रिकेटसँग सम्बन्धित सबै अतिथिहरुलाई समेत सेमिफाइनल खेलको पास वितरण नगरिएको हुँदा घरमै बसेर खेल हेर्दै सहयोग गर्न पनि क्यानले आग्रह गरेको छ।

3445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका