जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • वार्षिक साधारण सभा घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे

वार्षिक साधारण सभा घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे

माछापुच्छ्रे बैंकले असोज १८ गते बिहीबार वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । माछापुच्छ्रे बैंक चालू आर्थिक वर्ष २०७९/८० मा साधारण सभा घोषणा गर्ने पहिलो बैंक बनेको हो ।

बैंकलाई गत आवको नाफबाट चुक्तापुँजीको १३.३ प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरेर जम्मा करसहित १४ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरिसकेको छ ।

राष्ट्र बैंकको स्वीकृतिपश्चात भदौ २६ गते बसेको बैंकको सञ्चालक समिति बैठकले असोज १८ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ छ भने साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ सञ्चित छ ।

बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०२ एटीएमबाट १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

3180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?