जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • तिहार र छठ पर्वमा कुमारी बैंकको क्यासब्याक अफर योजना सार्वजनिक

तिहार र छठ पर्वमा कुमारी बैंकको क्यासब्याक अफर योजना सार्वजनिक

कुमारी बैंकले तिहार र छठलाई लक्षित गर्दै हर्षोल्लासका साथ आकर्षक ‘क्यासब्याक अफर’ योजना सार्वजनिक गरेको छ ।

नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडले ‘क्यासब्याक अफर’ योजना ल्याई तिहार र छठको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ ।

यस योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङ्ग मार्फत क्युआर र पहिलो ५० जनालाई कार्डबाट भुक्तानि कारोबार गर्दा २५% अधिकतम ५०१ रुपैया सम्म क्यास व्याक दिइने बैंकले जनाएको छ ।

क्यास व्याक रकम पीओएस, क्युआर पेमेन्ट तथा अनलाईन पेमेन्टबाट गरीने कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ । उपरोक्त सुविधाहरु आगामी कार्तिक २६ देखि मंसिर ३ गते सम्म लागु हुने बैंकले जनाएको छ ।

कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ

2095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका