जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेको इन्स्योरेन्सले गर्यो भुकम्प पीडितलाई क्षतिको दाबी भुक्तानी

नेको इन्स्योरेन्सले गर्यो भुकम्प पीडितलाई क्षतिको दाबी भुक्तानी

नेको इन्स्योरेन्स लिमिटेडले देशको बीमा बजारमा विगत २८ बर्षदेखि सेवा पुु¥याउँदै आएको छ । आफ्ना ग्राहकहरुलाई छिटोछरितो सेवा दिने कम्पनीको लक्ष्य रहेको छ ।

हालै देशको कर्णाली प्रदेश केन्द्रविन्दुु भै गएको विनासकारी भूूकम्पबाट क्षति भै यस कम्पनीमा दावी पर्न आएका सम्पूूर्ण दावीहरुको भुुक्तानी गरी सकिएको छ । कम्पनीका प्रतिनिधिहरुले घटनास्थलमा नै गएर दैलेख र जाजरकोटका सम्बन्धित पिडितहरुलाई दावी भुुक्तानी गरेका छन् । आगामी दिनहरुमा पनि पर्न आउने दावीहरुको यथाशिघ्र भुुक्तानी दिन कम्पनी प्रतिवद्ध रहेको छ ।

गत शनिवार जाजरकोटमा जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुुख कालि बहादुुर खत्रीको प्रमुुख आतिथ्य तथा भेरी नगरपालिकाका उपप्रमुुख मिना जैसीको आतिथ्य एवं जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष रमेश के.सी. को उपस्थितिमा आयोजित एक कार्यक्रममा जाजरकोटका यस कम्पनीका बीमित भूूकम्प पिडितहरुलाई दावी रकम हस्तान्तरण गरेको हो । सो कार्यक्रममा बक्ताहरुले नेको इन्स्योरेन्सले समय मै दावी भुुक्तानी गरेकोमा कम्पनीको प्रशंसा गर्दै धन्यवाद ब्यक्त गरे । उक्त कार्यक्रममा बैंक, वित्तीय संस्थाका प्रतिनिधिहरु एवं समाजका विभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिति थियो ।

सो कार्यक्रम कम्पनीका कर्णाली प्रदेश प्रमुुख रमेश राज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

3235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका