जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताको तालिम

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताको तालिम

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले तनहुँको देवघाटमा कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्तालाई तालिम सञ्चालन गरेको छ।
कम्पनीले गत कात्तिक २० गतेदेखि कात्तिक २२ गतेसम्म उक्त तालिम सञ्चालन गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट तोकेको क्षेत्रमै तालिम सञ्चालन गरिएको कम्पनीले जनाएको छ। बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयका प्रमुख केशव दाहाल, देवघाट गाउँपालिका प्रमुख तिलकबहादुर थापा, देवघाट गाउँपालिका वडा नं ५ का अध्यक्ष पूर्णबहादुर कुँवरलगायतको उपस्थितिमा कम्पनीले तालिम सञ्चालन गरेको थियो।

तालिममा कृषि तथा पशुपन्छी बीमा अभिकर्ताका रुपमा कम्पनीसँग आबद्ध भई कार्य गर्न इच्छुक ३३ जनाको सहभागिता थियो।

3125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका