जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सांग्रिला डेभलपमेण्ट बैंकले ७५ करोड बराबरको ऋणपत्र निष्कासन गर्ने

सांग्रिला डेभलपमेण्ट बैंकले ७५ करोड बराबरको ऋणपत्र निष्कासन गर्ने

सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले रू. ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र असार ६ गते आइतवारदेखि विक्री गर्ने भएको छ ।

बैंकले प्रतिकित्ता रू. १ हजार अंकित दरको कुल कित्ता ऋणपत्रमध्ये सामूहिक लगानीकोष सहित सर्वसाधारणका लागि ३ लाख कित्ता र ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ ।

१० वर्षे अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको सांग्रिला डेभलपमेण्ट बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्र खरीदका लागि छिटोमा असार ९ र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

बैैंकको यो ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने तथा कर्जा जोखिम मध्यम रहेको इक्रा एनपी डबल वि प्लस रेटिङ प्रदान गरेको छ ।

यो ऋणपत्र विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्ड वैशाख ६ गते नै अनुमति पाएको हो । उक्त ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

6710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?