जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नेपाल लाइफ इन्स्योरेन्सद्वारा भूकम्प प्रभावितका लागि १० लाखको राहत सामग्री वितरण

नेपाल लाइफ इन्स्योरेन्सद्वारा भूकम्प प्रभावितका लागि १० लाखको राहत सामग्री वितरण

नेपाल लाइफ इन्स्योरेन्सले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पीडित जनताका लागि राहत सामग्री वितरण गरेको छ ।

प्रभावित क्षेत्रको राहतको लागि कम्पनीले १० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको बताएको छ । कम्पनीका कर्णाली प्रदेश प्रमुख अन्नत अधिकारीले नलगाड नगरपालिका, जाजरकोटका नगर प्रमुख डम्बर बहादुर रावतलाई २०० थान, भेरी नगरपालिकाका नगर प्रमुख दल बहादुर धर्तिलाई २०० थान र आठबिसकोट नगरपालिका रुकुम पश्चिम अन्तरगत १४ नं वडाका अध्यक्ष हुकुम बहादुर पुनलाई ३०० थान गरि कुल ७०० कम्बल हस्तान्तरण गरेका छन् ।

न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका भूकम्पबाट पीडित जनताका लागि कम्पनीले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ७०० थान कम्बल प्रदान गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भन्ने अभिप्रायका साथ ७०० थान कम्बल प्रदान गरिएको कुरा बताएका छन् ।

750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका