जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • विकास बैंकहरुको खराब कर्जा ५ प्रतिशतको हाराहारीमा पुग्योः लाखौ लाख लगानीकर्ताहरुले लाभाशं नपाउने पक्का पक्की

विकास बैंकहरुको खराब कर्जा ५ प्रतिशतको हाराहारीमा पुग्योः लाखौ लाख लगानीकर्ताहरुले लाभाशं नपाउने पक्का पक्की

१० विकास बैंकहरुको खराब कर्जा ५ प्रतिशतको हाराहारीमा पुगेको भेटिएको छ । नेपाल राष्ट्र बैंकले ५ प्रतिशत भन्दा बढि खराब कर्जा भएका विकास बैंकहरुलाई लाभाशं वितरण गर्न दिँदैन भन्दा अब फरक पर्दैन । यसले गर्दा १० विकास बैंकहरुले यसपटक पनि शेयरधनी, लगानीकर्ता र प्रमोटरहरुलाई लाभाशं नदिने पक्का–पक्की भएको छ । भन्दा अब फरक पर्दैन ।

अर्थतन्त्र सुस्ताएका कारण बैंक तथा वित्तीय संस्थामा ठूलो प्रभाव परेको देखिएको छ । अर्थतन्त्र समस्यामा परेको संकेत बैंकको वित्तीय विवरणमा पनि देखिएको छ । बैंकका ऋणीहरूले समयमै ऋण नतिर्दा खराब कर्जा बढेको छ भने नाफामा पनि ठूलो गिरावट आएको भेटिएको छ । भन्दा अब फरक पर्दैन । समीक्षा अवधिमा विकास बैंकहरूको खराब कर्जा औसत ६ प्रतिशत पुगेको छ । जसकारण ब्याज आम्दानी २ प्रतिशत घटेको छ । खराब कर्जा बढ्दा र ब्याज आम्दानी घटेका कारण विकास बैंकहरूको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा नाफामा ब्रेक लागेको भेटिएको छ ।

अवधिमा विकास बैंकहरूको खराब कर्जा औसत ४३.७८ प्रतिशत बढेर ५.९२ प्रतिशत बिन्दु पुगेको छ । गत वर्षको सोही अवधिमा विकास बैंकहरूको खराब कर्जा औसत ४.१२ प्रतिशत बिन्दु थियो । समीक्षा अवधिमा सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा ८८०.५६ प्रतिशत बढेर २७.७५ प्रतिशत बिन्दु पुगेको छ । यस्तै, मुक्तिनाथ विकास बैंकको १५६.१२ प्रतिशत बढेर २.५१ प्रतिशत बिन्दु, शाइन रेसुङ्गाको १ सय प्रतिशत बढेर २.६२ प्रतिशत बिन्दु, गरिमाको ५६ प्रतिशत बढेर २.९५ प्रतिशत बिन्दु पुगेको देखिन्छ ।
यस्तै, सांग्रिलाको ४५.५३ प्रतिशत बढेर ४.८९ प्रतिशत बिन्दु, ज्योतिको ३८.६३ प्रतिशत बढेर ४.८८ प्रतिशत बिन्दु, ग्रीनको ३७ प्रतिशत बढेर ४.७० प्रतिशत बिन्दु, लुम्बिनीको ९.५६ प्रतिशत बढेर ३.५५ प्रतिशत बिन्दु र कर्पाेरेटको २ प्रतिशत बढेर ४.६६ प्रतिशत बिन्दु पुगेको छ ।

समीक्षा अवधिमा विभिन्न ६ विकास बैंकले भने गत वर्षको तुलनामा खराब कर्जा घटाएका छन् । सिन्धुको ७८.५७ प्रतिशत घटेर १.०५ प्रतिशत बिन्दु, सप्तकोशीको ९.७५ प्रतिशत घटेर १४.१६ प्रतिशत बिन्दु, महालक्ष्मीको ७.८६ प्रतिशत घटेर ४.२१ प्रतिशत बिन्दु, कामना सेवाको ७.५६ प्रतिशत घटेर ३.४२ प्रतिशत बिन्दु, मितेरीको ४.१९ प्रतिशत घटेर २.७४ प्रतिशत बिन्दु र एक्सलको ४ प्रतिशत घटेर ४.७० प्रतिशत बिन्दुमा झारेका छन् । यस्तै, बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पुस मसान्तसम्म १८.१२ प्रतिशत नाफा घटेर २ करोड ९ लाख रुपैयाँ मात्रै नाफा गरेका छन् । गत वर्षको सोही अवधिमा विकास बैंकहरूले २ अर्ब ५६ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेका थिए । समीक्षा अवधिमा ४ वटा विकास बैंकले मात्रै गत वर्षको तुलनामा नाफा बढाएका छन् भने अन्य सबै बैंकको नाफा घटेको छ । साथै, तीन वटा बैंक ऋणात्मक अवस्थामा झरेका छन् ।

पुस मसान्तसम्म सबैभन्दा धेरै ग्रीन डेभलपमेन्ट बैंकले ३४५.४ प्रतिशत नाफा बढाएर १ करोड २६ लाख रुपैयाँ, ज्योति विकास बैंकले १ करोड १० लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ३१८ प्रतिशत बढेर २५ करोड ८९ लाख रुपैयाँ र गरिमा विकास बैकले २ प्रतिशत बढाएर ५१ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेका हुन् । गत वर्षको पुसमा नोक्सानी बेहोरेको सिन्धु विकास बैंकले यसपटक भने २ करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ । यस अवधिमा नारायणी डेभलपमेन्ट बैंकले ६ करोड ३८ लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकले ११ करोड ९१ लाख रुपैयाँ र एक्सल डेभलपमेन्ट बैंकले ६ करोड ९९ लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको देखिन्छ । यो राम्रो पक्ष मानिदैन ।

सांग्रिला डेभलपमेन्ट बैंकको ३९.८२ प्रतिशत घटेर १० करोड २ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको ३३ प्रतिशत घटेर ४२ करोड १७ हजार रुपैयाँ, कर्पाेरेट डेभलपमेन्ट बैंकको २२ प्रतिशत घटेर ९१ लाख ५१ हजार रुपैयाँ, लुम्बिनी विकास बैंकको १८.६९ प्रतिशत घटेर २१ करोड २२ लाख रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकको १७.२९ प्रतिशत घटेर ४ करोड ८८ लाख रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३.६० प्रतिशत घटेर ३७ करोड १२ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकको १२ प्रतिशत घटेर २७ करोड ८० लाख रुपैयाँ नाफा गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) लोकराज पनेरु खराब कर्जा बढ्दा बैंकको नाफामा असर गरेको पंक्तिकारसंग बताए । अर्थतन्त्र सुस्ताएको बेला समग्र बैंकिङ क्षेत्रको खराब कर्जा बढेको उनको भनाइ छ ।

गत वर्षको पुसमा नोक्सानी बेहोरेको सिन्धु विकास बैंकले यसपटक भने २ करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ । यस अवधिमा नारायणी डेभलपमेन्ट बैंकले ६ करोड ३८ लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकले ११ करोड ९१ लाख रुपैयाँ र एक्सल डेभलपमेन्ट बैंकले ६ करोड ९९ लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको देखिन्छ ।

‘ऋणीहरूले समयमा ऋण तिर्न सकिरहेका छैनन्, रिपेमेन्ट ढिला भइरहेको छ, त्यसकारण पनि एनपीएल बढेको हो,’ उनले भने, ‘अर्थतन्त्रमा नै समस्या नै छ, त्यसैले समग्र बैंकिङ क्षेत्रमै एनपीएल बढेको देखिन्छ, आन्तरिक र बाह्य क्षेत्रले नै प्रभाव पारेको उनीको दाबी छ । यस्तै, ब्याज आम्दानी पनि गत आर्थिक वर्षको तुलनामा १.५४ प्रतिशत अर्थात् १६ करोड २२ लाख रुपैयाँ घटेको छ । पुस मसान्तसम्म १० अर्ब ३५ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन् । गत वर्षको सोही अवधिमा १० अर्ब ५१ करोड रुपैयाँ ब्याज आम्दानी गरेका थिए । समीक्षा अवधिमा कर्पाेरेटको १५.३४ प्रतिशत बढेर ४ करोड ६८ लाख रुपैयाँ, गरिमाको १४.४० प्रतिशत बढेर १ अर्ब ८० करोड ५० लाख रुपैयाँ, सिन्धुको ७.२५ प्रतिशत बढेर ९ करोड ५७ हजार रुपैयाँ, ग्रीनको ४.९६ प्रतिशत बढेर ८ करोड १८ लाख रुपैयाँ, सांग्रिलाको ३.५८ प्रतिशत बढेर ९४ करोड ६३ लाख रुपैयाँ र मुक्तिनाथको २.१२ प्रतिशत बढेर २ अर्ब ८ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन् । भन्दा फरक पर्दैन ।

एक्सलको २३ प्रतिशत घटेर २० करोड ६० लाख रुपैयाँ, मितेरीको २६.७५ प्रतिशत घटेर १३ करोड ३२ लाख रुपैयाँ, सप्तकोशीको ३७.४४ प्रतिशत घटेर ६ करोड ९५ लाख रुपैयाँ र नारायणीको ५१ प्रतिशत ४४ लाख ४५ हजार रुपैयाँ ब्याज आम्दानी गरेका हुन् ।

शाइन रेसुङ्गाको १.२५ प्रतिशत घटेर १ अर्ब ४ करोड रुपैयाँ, ज्योतिको २.३५ प्रतिशत घटेर १ अर्ब १२ करोड रुपैयाँ, कामना सेवाको ६.२३ प्रतिशत घटेर ९५ करोड ८८ लाख रुपैयाँ, लुम्बिनीको ७.५० प्रतिशत घटेर ८५ करोड ९४ लाख रुपैयाँ, महालक्ष्मीको १४.५३ प्रतिशत घटेर ८९ करोड २४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको देखिन्छ । यस्तै, एक्सलको २३ प्रतिशत घटेर २० करोड ६० लाख रुपैयाँ, मितेरीको २६.७५ प्रतिशत घटेर १३ करोड ३२ लाख रुपैयाँ, सप्तकोशीको ३७.४४ प्रतिशत घटेर ६ करोड ९५ लाख रुपैयाँ र नारायणीको ५१ प्रतिशत ४४ लाख ४५ हजार रुपैयाँ ब्याज आम्दानी गरेका हुन् ।

खराब कर्जाहरु धेरै हुन गएमा बैंकहरुको वित्तीय अवस्था नै कमजोर हुने अवस्था सिर्जना हुन्छ । राष्ट्र बैंकको निर्देशन अनुसार खराब वर्गमा वर्गीकरण भएका कर्जाहरुको सतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्छ ।

अधिकांश बैंकको खराब कर्जा बढ्दा यो वर्ष लाभांश वितरण गर्न सक्ने क्षमतामा ह्रास आउने देखिन्छ । नेपाल राष्ट्र बैंकले ५ प्रतिशतको सीमा नाघेमा लाभांश वितरण गर्न दिँदैन भने थप व्यवसाय विस्तार गर्न नदिएर ऋण असुलीमा फोकस गराउने निश्चित देखिन्छ ।
खराब कर्जाहरु धेरै हुन गएमा बैंकहरुको वित्तीय अवस्था नै कमजोर हुने अवस्था सिर्जना हुन्छ । राष्ट्र बैंकको निर्देशन अनुसार खराब वर्गमा वर्गीकरण भएका कर्जाहरुको सतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्छ । भन्दा फरक पर्दैन । हेक्का होस् । सचेत भया ।

565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका