जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नेशनल बैंकिङ इन्स्टिच्युटका सेयरधनीलाई ३१०% लाभांश प्रस्ताव‚ पुस ५ मा साधारण सभा

नेशनल बैंकिङ इन्स्टिच्युटका सेयरधनीलाई ३१०% लाभांश प्रस्ताव‚ पुस ५ मा साधारण सभा

नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआइ)ले सेयरधनीका लागि बम्पर लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकको निर्णयले उक्त प्रस्तावसँगै पुस ५ गते बिहीबारका लागि साधारणसभा आह्‍वान गरेको हो।

सभा होटल याक एण्ड यति काठमाडौंमा दिउँसो ४ बजेबाट संचालन हुने जनाइएको छ। कम्पनीले सभामा लाभांश वितरणको प्रस्तावलाई मुख्य एजेण्डा बनाएको छ।

गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले लगानीकर्ताहरुलाई बम्पर लाभांश दिँदै छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट २९५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले १५.५३ प्रतिशत नगद लाभांश दिँदै छ।

प्रस्तावित लाभांश साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताहरुमा वितरण गरिने छ।

यसका साथै कम्पनीले अधिकृत तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि गर्ने भएको छ। कम्पनीले अधिकृत पुँजी ४० करोड कायम गर्ने, जारी पुँजी ३० करोड कायम गर्ने र चुक्ता पुँजी १९ करोड ७५ लाख कायम गरि सोही अनुसारको प्रबन्ध पत्र संशोधन गर्ने लगायतका प्रस्तावहरु गर्ने छ।

यसका साथै कम्पनीले हाल कायम सेयरधनीहरु बाहेक सम्पूर्ण वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई समेट्नेगरि प्रति कित्ता १०० रुपैयाँका दरले सेयर जारी गर्ने प्रस्ताव पनि गर्ने भएको छ।

3415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्