जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • वेष्ट फाइनान्सको वार्षिक साधारण सभा बैशाख ३१ गते

वेष्ट फाइनान्सको वार्षिक साधारण सभा बैशाख ३१ गते

वेष्ट फाइनान्स कम्पनी लिमिटेडले बैशाख ३१ गते २४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे सभा बोलाईएको हो । यस वर्ष कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन् । सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई अन्तिम रुप दिनेछ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रकृया अघि बढाउँन आवश्यक देखिएमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । साथै सञ्चालक समितीमा प्रतिनिधित्व हुने गरी संस्थापक र सर्वसाधारणतर्फबाट नयाँ सञ्चालकहरुको निर्वाचन गर्ने र संस्थापक शेयरधनीको तर्फबाट मनोनित महिला सञ्चालक नियुक्तीलाई अनुमोदन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले बैशाख १९ गते आइतवार एक दिन बुक क्लोज गर्ने मिति तय गरेको छ । यस आधारमा बैंशाख १६ गते बिहीवार सम्म कायम शेयरधनी मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

7825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?