जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • यूनिलिभर नेपालको इतिहासकै सर्वाधिक लाभांश पारित, नाफा पौने दुई अर्ब बढी

यूनिलिभर नेपालको इतिहासकै सर्वाधिक लाभांश पारित, नाफा पौने दुई अर्ब बढी

युनिलिभर नेपालको प्रस्तावित १५८० प्रतिशत लाभांश पारित भएको छ । मंसिर २६ गते सम्पन्न कम्पनीको ३०औं वार्षिक साधारण सभाले कम्पनीको इतिहासकै सर्वाधिक लाभांश पारित गरेको हो ।

उक्त सभा कम्पनीका अध्यक्ष देव बाजपेइ र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको उपस्थितिमा होटल याक एण्ड यतीमा सम्पन्न भएको छ । कम्पनीले कर पछिको नाफा एक अर्ब ८३ करोड रुपैयाँ पुर्याएको छ । जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो ।

कम्पनीले नेपालमा आफ्नो ३० औं वार्षिकोत्सव ‘हरेक घरमा, हरेक मनमा’ भन्ने नाराका साथ मनाइरहेको छ । जसले नेपालका हरेक नेपालीको घरमा उनीहरुको ब्राण्ड र उत्पादनको फराकिलो दायरा हुनुलाई प्रतिबिम्बित गर्दछ ।

कम्पनीका अध्यक्ष देव बाजपेइले आगामी वर्षका लागि भौगोलिक, खरीद, मानव पूँजी, प्रविधि, समावेशीता र स्थायित्वमा देखा परेका व्यवधानहरु हटाउँदै अगाडी बढ्ने प्रशस्त अवसरहरु रहेका बताएका छन् ।

सोही समारोहमा कम्पनीका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले कर पश्चात् कम्पनीको खुद नाफा गत वर्षको १५४.२ करोडबाट बढेर यो वर्ष १८३.४ करोड पुगेको बताएका छन् । जुन गत १० वर्षयताकै सबैभन्दा धेरै हो । प्रबन्ध निर्देशक मुखर्जीले कम्पनीको ब्यालेन्स सिट न्यून लगानीको कारण मजबुत र बलियो संचालन पूँजीको प्रवाह रहेकोले गत वर्ष बजारमा समस्या हुँदा पनि यसलाई कुनै असर नपरेको दावी गरे ।

युनिलिभर नेपालको ८५ प्रतिशत सेयर संस्थापक सेयरधनीहरुको रहेको छ भने बाँकी १५ प्रतिशत सेयर सर्वसाधारणहरुको रहेको छ ।

805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?