जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रभु महालक्ष्मी लाइफको ‘चमत्कारिक हेरचाह जीवन बीमा योजना’, यस्ता छन् विशेषता

प्रभु महालक्ष्मी लाइफको ‘चमत्कारिक हेरचाह जीवन बीमा योजना’, यस्ता छन् विशेषता

जीवन बीमा सिद्धान्त नियमित बचत, बीमालेख चालू रहेको अवस्थामा आर्थिक जोखिम बहन र बीमा अवधि समाप्तिमा प्रतिफलसहित बीमाङ्क रकम फिर्ता । यहि उद्देश्य पुरा गर्ने योजनासहित प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘चमत्कारिक हेरचाह जीवन बीमा योजना’ ल्याएको छ ।

उक्त बीमा योजनाले बीमा अवधिभित्र बीमितको असामयिक निधन भएमा इच्छाइएको व्यक्तिलाई बीमाङ्क रकम प्रदान गरिने छ ।
यसपछि बीमा अवधि समाप्ति मितिसम्म बीमाङ्क रकमको २.५ प्रतिशत प्रत्येक त्रैमासमा बीमितको इच्छाएको व्यक्तिलाई प्रदान गरिने छ र बीमा अवधि समाप्तिमा पुनः बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिनेछ ।
बीमा अवधि समाप्तिसम्म बीमित जीवित रहेमा बीमित स्वयंलाई बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ट प्रदान गर्ने पनि कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार किस्ताबन्दीमा प्रिमियम तिर्दै जाने सुविधा रहेकाले बीमितलाई एकै पटक आर्थिक भार पनि पर्दैन । बीमा अवधि भित्र बीमालेख चालू रहेको अवस्थामा आर्थिक हिसाबले असहज परिस्थिति आएमा बीमालेख धितो राखि ऋण लिन र समर्पण पनि गर्न सकिन्छ ।
प्रमुख विशेषता :
यो योजनाको न्यूनतम प्रवेश उमेर १८ र अधिकतम ६० वर्ष छ । बीमा अवधि न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्षसम्मकोे छ । बीमा अवधि समाप्तिमा बीमितको अधिकतम उमेर ६५ वर्षे हुने छ ।

यो योजना अन्तरगत ५० हजारदेखि ५ करोड रुपैयाँको बीमा गर्न सकिनेछ । यो बीमा योजनाको बीमाशुल्क वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक तरिकाले भुक्तानी गर्न सकिन्छ । तर बीमाशुल्क भुक्तानी तरिका छनोटको आधारमा प्रिमियम घटबढ भने हुनेछ ।
जसअनुसार अर्धवार्षिक बीमाशुल्क भुक्तानी तरिका छनोट गर्दा एक प्रतिशत थप लाग्छ । त्रैमासिक बीमाशुल्क भुक्तानीमा दुई प्रतिशत थप लाग्नेछ भने मासिक बीमाशुल्क भुक्तानीमा तीन प्रतिशत थप लाग्नेछ ।

साथै यस योजनामा बीमाङ्क रकमको आधारमा पनि छूटको व्यवस्था गरिएको कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार बीमाङ्क रकम २० लाखदेखि ५० लाख रुपैयाँ सम्मको बीमाङ्कमा ०.२५ रुपैयाँ प्रतिहजार छूट गरिएको छ । बीमाङ्क रकम ५० लाखदेखि १ करोड रुपैयाँसम्मको बीमाङ्कमा ०.५० रुपैयाँ प्रतिहजार छूट गरिएको छ ।
त्यसैगरी, बीमाङ्क रकम १ करोड रुपैयाँदेखि माथिको बीमाङ्कमा ०.७५रुपैयाँ प्रतिहजार छूट गरिएको छ ।

ऐच्छिक सुविधाहरु :
दुर्घटना मृत्यु लाभ(एडीबी) :
बीमाङ्क रकम बराबर वा बढिमा १ करोड रुपैयाँ बीमाङ्कसम्मको दुर्घटना मृत्यु लाभ(एडीबी) ऐच्छिक सुविधा लिन सकिनेछ ।
पूर्ण तथा स्थायी अपाङ्ग असक्त सुविधा(टीपीडीए) तथा बीमाशुल्क छुट सुविधा(पीडब्लूबी) :
बीमाङ्क रकम बराबर अथवा बढिमा १ करोड रुपैयाँ बीमाङ्कसम्मको पूर्ण तथा स्थायी अपाङ्ग असक्त सुविधा (टीपीडीए) तथा बीमाशुल्क छुट सुविधा (पीडब्लूबी) सुविधा लिन सकिनेछ ।
घातक रोग रक्षावरण सुविधा(सीआई) :
बीमाङ्क रकम बराबर अथवा बढिमा ५० लाख रुपैयाँ बीमाङ्कसम्मको घातक रोग रक्षावरण सुविधा (सीआई) लिन सकिनेछ ।
उदाहरण :
यदि ३० वर्षको व्यक्तिले १५ वर्ष अवधिका लागि १० लाख रुपैयाँको बीमा गर्दा वार्षिक प्रिमियम भुक्तानी छनोटमा ७५ हजार ३४० रुपैयाँ वार्षिक प्रिमियम, अर्धवार्षिक प्रिमियम भुक्तानी छनोटमा ३८ हजार ४७ रुपैयाँ, अर्ध वार्षिक प्रिमियम, त्रैमासिक प्रिमियम भुक्तानी छनोटमा १९ हजार २१२रुपैयाँ त्रैमासिक प्रिमियम र मासिक प्रिमियम भुक्तानी छनोटमा ६ हजार ४६७ रुपैयाँ मासिक प्रिमियम भुक्तानी गर्नुपर्ने हुन्छ ।

दुर्घटना मृत्यु लाभ, पूर्ण तथा स्थायी अपाङ्ग असक्तता लाभ(टीपीडीए) तथा बीमाशुल्क छुट (पीडब्लूबी) सुविधा थप गर्दा वार्षिक प्रिमियम भुक्तानीमा ७६ हजार ४०० रुपैयाँ वार्षिक प्रिमियम, अर्धवार्षिक प्रिमियम भुक्तानीमा ३८ हजार ५८२ रुपैयाँ वार्षिक प्रिमियम, त्रैमासिक प्रिमियम भुक्तानीमा १९ हजार ४८२ रुपैयाँ त्रैमासिक प्रिमियम र मासिक प्रिमियम भुक्तानीमा ६ हजार ५५८रुपैयाँ मासिक प्रिमियम भुक्तानी गर्नु पर्ने हुन्छ ।

उल्लेखित सबै ऐच्छिकसहित घातक रोग रक्षावरण सुविधा(सीआईं) थप गर्दा वार्षिक प्रिमियम भुक्तानीमा ७८ हजार ८५०रुपैयाँ वार्षिक प्रिमियम, अर्धवार्षिक प्रिमियम भुक्तानीमा ३९ हजार ८१९ रुपैयाँ अर्ध वार्षिक प्रिमियम, त्रैमासिक प्रिमियम भुक्तानीमा २० हजार १०७ रुपैयाँ त्रैमासिक प्रिमियम र मासिक प्रिमियम भुक्तानीटमा ६ हजार ७६८ रुपैयाँ मासिक प्रिमियम भुक्तानी गर्नु पर्ने हुन्छ ।

मूल बीमालेखमा घातक रोग उपचार खर्च(सीआई) सुविधा मात्र थप गर्दा वार्षिक प्रिमियम भुक्तानीमा ७७ हजार ७९०रुपैयाँ वार्षिक प्रिमियम, अर्धवार्षिक प्रिमियम भुक्तानीमा ३९ हजार २८४रुपैयाँ अर्ध वार्षिक प्रिमियम, त्रैमासिक प्रिमियम भुक्तानीमा १९ हजार ८३६ रुपैयाँ त्रैमासिक प्रिमियम र मासिक प्रिमियम भुक्तानीमा ६ हजार ६७७ रुपैयाँ मासिक प्रिमियम भुक्तानी गर्नु पर्ने हुन्छ ।

कम्पनीले यो योजना नेपालीमाटो सुहाउँदो जीवन बीमा योजना भएको बताएको छ ।
साथै उसले आम्दानी गर्ने व्यक्तिको अनुपस्थितिमा आश्रित परिवारलाई आइपर्न सक्ने आर्थिक संकटलाई न्यूनिकरण गरी जनजिविका सहज गर्न मद्दत गर्ने पनि बताएको छ ।
प्रत्येक अभिभावकले आफ्ना बालबच्चा तथा परिवारको राम्रो हेरचाहका लागि रात दिन मेहनत गरिरहनु पर्ने भन्दै कम्पनीले केहिगरि तलमाथि भएमा आश्रित परिवारको हेरचाह अभिभावकले गरेजस्तै यो बीमा योजनाबाट सहयोग पुग्ने दाबी गरेको छ ।

930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका