जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकले क्याम्पसलाई दियो एयर कन्डिसनर

कामना सेवा विकास बैंकले क्याम्पसलाई दियो एयर कन्डिसनर

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसलाई एयर कन्डिसनर वितरण गरेको छ । नवलपरासीको बर्दघाट स्थित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दिव्य ज्योति बहुमुखी क्याम्पसलाई बैंकले २ थान एयर कन्डिसनर हस्तान्तरण गरेको हो ।

उक्त एयर कन्डिसनर सामुदायिक विकास र शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुगोस् भन्ने पवित्र उद्देश्यका साथ प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले दिव्य ज्योति बहुमुखी क्याम्पसका अध्यक्ष पुण्य प्रसाद पौडेललाई उक्त एयर कन्डिसनर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख सागरमणि पाण्डे, बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रबन्धक खिमलाल भुषाल तथा अन्य कर्मचारीहरू र विद्यार्थीहरूको  उपस्थिति रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरूमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरेको छ ।

1645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका