जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • प्रभु क्यापिटलका हितग्राहीलाई सिद्धार्थनगर सिटी हस्पिटलको सेवामा छूट सम्झौता

प्रभु क्यापिटलका हितग्राहीलाई सिद्धार्थनगर सिटी हस्पिटलको सेवामा छूट सम्झौता

 प्रभु क्यापिटलले भैरहवामा अवस्थित सिद्धार्थनगर सिटी हस्पिटलसँग आफ्ना हितग्राही ग्राहकलाई सेवामा छूट दिन व्यवसायिक सम्झौता गरेको छ । 

सम्झौतापत्रमा कम्पनीको तर्फबाट सञ्चालन प्रमुख बसन्ता उपाध्याय तथा सिद्घार्थगर सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरेका हुन् । आइतबार गरिएको उक्त सम्झौता आगामी दुई वर्षका लागि लागू हुनेछ ।

सम्झौता अनुसार कम्पनीका डिम्याट ग्राहकले सिद्घार्थगर सिटी हस्पिटलबाट चिकित्सा सेवा लिंदा हस्पिटलले दिंदै आएको ओपीडी टिकेट्स, ल्याब इन्भेष्टिगेसन,एक्स- रे,यूएसजी/ ईसीजी, जेनरल बेड चार्ज, क्याविन आईसीयू/ एनआईसीयू/सीसीयू, अपरेसन चार्ज, सीटी स्क्यान,फिजियोथेरापी आदि सेवाहरुमा १० देखि १५ प्रतिशतसम्म छूट पाउने छन् ।

ग्राहकले आफ्नो डिम्याट कन्फरमेसन तथा परिचय पत्र देखाई अस्पतालबाट पाउने प्रिभिलेज कार्डमार्फत् उक्त अफरको लाभ लिन सक्नेछन् ।

कम्पनीले हितग्राही( डिम्याट) खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध  रहेको बताएको छ ।

3250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?