

नेपाल बैंकर्स संघको ३७ औं बार्षिक साधारण सभाबाट सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्व अध्यक्ष कुलचन्द्र गौतम सम्मानित हुनु भएको छ । चितवनमा आयोजित संघको ३७ औं बार्षिक साधारण सभामा नेपाल राष्ट्र बैंकका गर्भनर श्री महाप्रसाद अधिकारीको उपस्थितिमा गौतमले सिटिजन्स बैंकको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाको विभिन्न ओहोदामा रहि आर्थिक सामाजिक क्षेत्रमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरको हो ।
गौतम संयुक्त राष्ट्र संघको सहायक महासचिव, युनिसेफको उपकार्यकारी निर्देशक, नेपालको लागि शान्ति प्रक्रिया तथा अन्र्तराष्ट्रिय मामिलामा प्रधानमन्त्रीका विशेष सल्लाहाकार, विश्व बैंक दक्षिण एसियाको खाद्य तथा पोषण सुरक्षा पहलका सल्लाहाकार, सिटिजन्स बैंक सञ्चालक समितिको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरुको विभिन्न ओहोदामा आवद्द भई गरिबी निवारण, शान्ति प्रक्रिया निर्माण विश्व स्वास्थ्य, आधारभूत शिक्षा कुटनैतिक तथा बैंकिङ्ग क्षेत्र र समस्त अर्थतन्त्रको विकासका लागि विगत ५ दशक भन्दा बढी अनवरत रुपमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भएको छ । गौतम सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षको रुपमा मिति २०६७।०१।१७ देखि मिति २०६८।०६।२८ सम्म रहनुभएको थियो ।
डा. शर्मा तथा गौतम जस्ता सम्मानित व्यक्तित्वबाट नेतृत्वप्राप्त गरिसकेको सिटिजन्स बैंकले १६ वर्ष पुरा गरि १७ औं वर्षमा सर्वसाधारणलाई सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आइरहेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६लाख८६हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरुप्रदानगर्दै आएको छ ।