जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • महालक्ष्मी विकास बैक भित्र ७ करोडको सुन धितो कर्जा काण्डः का.मु. सीइओ शर्मा सहित उच्च दर्जनौ कर्मचारीहरुको संलग्नता भएको सीआईबीको आशंका !

महालक्ष्मी विकास बैक भित्र ७ करोडको सुन धितो कर्जा काण्डः का.मु. सीइओ शर्मा सहित उच्च दर्जनौ कर्मचारीहरुको संलग्नता भएको सीआईबीको आशंका !

नेपालको एउटा विकास बैंक छ जहाँ सधैं घोटला र विवाद भइरहन्छ भन्दा अब चाहि फरक पर्दैन । विभिन्न विकास बैंक र फाइनान्स कम्पनी मर्जर भएर बनेको महालक्ष्मी विकास बैंक भित्र ७ करोड भन्दा बढिको नक्कली सुन धितो कर्जा काण्डको छानवीन सीआईबीमा पुगेको फेला परेको छ ।

राष्ट्र बैंकले ९० दिन भित्र सीइओ बनाउनु पर्ने निर्देशन नै जारी गरेको छ । तर, यो निर्देशन महालक्ष्मी विकास बैंकमा कहिले लागेन र लाग्दैन पनि भन्दा फरक पर्दैन ।

महालक्ष्मी विकास बैंक जहाँ सक्षम र अनुभवी सीइओहरुलाई टिक्न गाह्रो हुन्छ भन्दा फरक पर्दैन । केही महिना अगाडी सीइओ कृष्ण राज लामिछानेले राजिनामा दिए । अहिले ५ महिना भन्दा बढि भयो । बैंकमा सीइओ पद खाली छ । राष्ट्र बैंकले ९० दिन भित्र सीइओ बनाउनु पर्ने निर्देशन नै जारी गरेको छ । तर, यो निर्देशन महालक्ष्मी विकास बैंकमा कहिले लागेन र लाग्दैन पनि भन्दा फरक पर्दैन ।

कर्जा प्रवाहमा कमिशन चक्कर देखि कर्मचारी भर्नामा समेत बोर्ड सदस्यहरुले हस्तक्षेप गरेपछि महालक्ष्मी विकास बैंक धरासायी बन्दै गएको भेटिएको छ । हालै महालक्ष्मी विकास बैंकको ललितपुरको कुमारीपाटी शाखाबाट ७० किलो सुन नक्कली सुन धितो राखी ७ करोड भन्दा बढि पैसा घोटला भएको भेटिएको छ । सो शाखाबाट नक्कली सुन धितो राखी ७ करोड कर्जा दिएको नेपाल प्रहरीको सीआईबीले फेला पारेको हो । गर्भनर साब ?

सीआईबी उच्च स्रोतले पंक्तिकारसंग भन्योः– यति ठूलो घोटला काण्डमा बैंकका सीइओ सहित उच्च कर्मचारीको संलग्ना बारे हामी छानवीन गर्दैछौं । तत्काल सीआईबीले ३ जना ऋणीलाई मात्रै पक्राउ गरेपनि केही दिन भित्र केही उच्च कर्मचारी समेत पक्राउ पर्ने बताएको छ ।
सीआईबी उच्च स्रोतले भन्योः– जनताको डिपोजिटबाट यति ठूलो पैसा शाखा मेनेजरबाट मात्रै स्वीकृत भएको छैन । बैंक उच्च कर्मचारीले समेत हस्ताक्षर गरेका कारण अब कर्मचारीलाई पनि छानवीनको घेराउमा राखिने छ ।

महालक्ष्मी विकास बैंकको ललितपुरको कुमारीपाटी शाखाबाट ७० किलो सुन नक्कली सुन धितो राखी ७ करोड भन्दा बढि पैसा घोटला भएको भेटिएको छ । सो शाखाबाट नक्कली सुन धितो राखी ७ करोड कर्जा दिएको नेपाल प्रहरीको सीआईबीले फेला पारेको हो । गर्भनर साब ?

सधैं विवाद र घोटला हुँदै आएको महालक्ष्मी विकास बैंक भित्र फेरि डरलाग्दो नक्कली सुनकर्जा काण्डमा फसेको छ भन्दा अब फरक पर्दैन ।

भनिन्छ नक्कली सुन राखेर करोडौं कर्जा प्रवाह भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महालक्ष्मी विकास बैंकको ललितपुरस्थित कुमारीपाटी शाखाबाट ३ जना ऋणीलाई पक्राउ गरेको भेटिएको छ । बैंकले नक्कली सुन राखेर ७ करोड कर्जा प्रवाह गरेको सिआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले आर्थिक बजार न्यूज डटकमसंग बताए ।

ऋणीले ७० केजी नक्कली सुन बैंकमा राखेको कागज बनाएर ७ करोड कर्जा लिएको थियो । बैंकका उच्च कर्मचारीहरु समेतको मिलेमतोमा नक्कली सुन राखेर यसरी करोडौं कर्जा प्रवाह भएको देखिन्छ । सिआईबीलाई प्राप्त उजुरीको आधारमा छानविन गर्दा नक्कली सुन राखेर कर्जा लिने ३ जना पक्राउ परेका छन् ।

सिआईबीका प्रबक्ता बेल बहादुर पाण्डेका अनुसार गतवर्ष बैंक अफ काठमाण्डूको नक्कली कर्जा कण्डमा बैंकका सीइओ सहित उच्च कर्मचारी समातिएपछि बैंकले आफ्ना कर्मचारी पर्ने डरले गोप्य राख्ने गरेको देखिन्छ ।

सिआईबी प्रवक्ता पाण्डेका अनुसार सुन जाँचकी गर्ने व्यक्ति फरार रहेका छन भने, सुन कर्जामा घोटाला भएपछि राष्ट्र बैंकले छानविनको लागी सिआईबीलाई आग्रह गरेको थियो । यस घोटलामा बैंकका उच्च कर्मचारी समेत समातिने संभावना रहेको देखिन्छ ।

सिआईबीका प्रबक्ता बेल बहादुर पाण्डेका अनुसार गतवर्ष बैंक अफ काठमाण्डूको नक्कली कर्जा कण्डमा बैंकका सीइओ सहित उच्च कर्मचारी समातिएपछि बैंकले आफ्ना कर्मचारी पर्ने डरले गोप्य राख्ने गरेको देखिन्छ । जनताको डिपोजिट माथी घोटला गर्ने जो कोही भए पनि छानवीन गरी कठघरामा ल्याउनु जरुरी छ । सचेत भया ।

 

16665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका