जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • सानिमा रिलायन्स लाइफले गर्यो पाँच लाखको दाबी भुक्तानी

सानिमा रिलायन्स लाइफले गर्यो पाँच लाखको दाबी भुक्तानी

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी रकम भुक्तानी गरेको छ। कम्पनीको नेपालगंज शाखाले पाँच लाख २९ हजार १६७ रुपैयाँको दाबी भुक्तानी गरेको हो।

कम्पनीका अनुसार बीमित गिता बढईले ५ लाखको बीमा गरेकी थिइन्। उनले बीमा गरेको दुई वर्ष नपुग्दै मृत्यु भएको हो। बीमितको मृत्यु भएपछि कम्पनीले मृतकको हकवाला छोरा अमर नाथ बढईलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो।

कम्पनीद्वारा आयोजना गरिएको एक कार्यक्रममा नेपालगंजका क्षेत्रीय प्रमुख दिपक कुमार ओलीले उक्त चेक हस्तान्तरण गरेका हुन्।

2995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका