जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • सानिमा बैंकको नव वर्ष योजना, डेबिट कार्डमा २४% को छूट

सानिमा बैंकको नव वर्ष योजना, डेबिट कार्डमा २४% को छूट

सानिमा बैंकले नयाँवर्ष २०२४ को उपलक्ष्यमा ग्राहकहरुका लागि विशेष योजना सार्वजनिक गरेको छ ।

योजना अवधिभर सानिमा डोमेस्टिक डेबिट कार्डको आवेदन दिने ग्राहकहरुले जारी शुल्कमा २४ प्रतिशतको छूट प्राप्त गर्नेछन् । यो योजना आगामी पुस २२ देखि २०८० माघ ११ गतेसम्म लागू हुने कम्पनीले बताएको छ ।

कम्पनीले ग्राहकहरुलाई विभिन्न छूट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्दै नगदरहित कारोबारका लागि प्रोत्साहन गर्दै आएको छ ।
कम्पनीको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

यसैगरी, कम्पनीले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले विभिन्न अस्पताल, शपिङ आउटलेट, होटल, रेष्टुरेन्ट तथा अन्य मर्चेन्टहरुमा आकर्षक छूटको व्यवस्था मिलाएको पनि बताएको छ ।

1295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका