जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • एनएमबि बैंकको चुक्ता पुँजी साढे ११ अर्ब नाग्यो

एनएमबि बैंकको चुक्ता पुँजी साढे ११ अर्ब नाग्यो

यस वर्षको प्रस्तावित ३५ प्रतिशत लाभांश एनएमबि बैंकले पारित गरेको छ । बैंकले बिहीबार काठमाडौंमा २४ औं वार्षिक साधारण सभा सम्पन्न गर्दै उक्त लाभांश पारित गरेको हो । गत असोज ११ गते ओम डेभलपमेण्टसँग मर्जपश्चात एकिकृत कारोबार सुरु गरेको यस बैंकले सबै सदस्यहरुलाई समेटेर २१ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी १४ प्रतिशत नगद लाभांश दिने लागेको हो ।

ओम डेभलमेण्ट बैंकसँग मर्जरपश्चात कायम चुक्तापूँजी  ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार रुपैयाँको आधारमा बैंकले लाभांश दिन लागेको हो । गत वर्ष ३० प्रतिशत लाभांश वितरण गरेको बैंकले हालसम्मकै उत्कृष्ठ लाभांश यस वर्ष वितरण गर्न लागेको हो ।

लाभांश प्रयोजनका लागि बैंकले पुस ४ गतेदेखि बुक क्लोज गरेकाले पुस ३ गतेसम्म कायम शेयरधनीहरुले लाभांश पाउनेछन् । हाल बैंकको शाखा कार्यालय १६३ र एक्सटेन्सन काउण्टर संख्या पाँच पुगेको छ । असोज मसान्तसम्म बैंकले ८१ करोड ५१ लाख ३६ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

7725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका