जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रतिस्पर्धाको बजारमा ‘डिसहोम’को आक्रामक छलाङ, तीन वर्षमा १५ अर्बको कारोबार

प्रतिस्पर्धाको बजारमा ‘डिसहोम’को आक्रामक छलाङ, तीन वर्षमा १५ अर्बको कारोबार

इन्टरनेट सेवा प्रदायक कम्पनी डिसहोम मिडिया नेटवर्कले वार्षिक कारोबार बढाएको छ । कम्पनीले एकै वर्षमा ५ अर्ब बढीको कारोबार गरेको हो । नेपालका दूर दराजसम्म टेलिभिजन सेवा विस्तार फैलाउन सफलता पाएको डिसहोमले सन् २०२३ मा ५ अर्ब १९ करोड ६० लाख रुपैयाँ बढीको कारोबार गरेको छ । कम्पनीको यो कारोबार गत वर्ष सन् २०२२ को तुलनामा ३५ करोड ७० लाख रुपैयाँ (७.३७ प्रतिशत) ले बढी हो । सन् २०२२ मा पनि कम्पनीको कारोबार ४ अर्ब ८३ करोड ९० लाख माथि थियो ।

इन्टरनेट बजारमा पनि डिसहोमको आक्रामक सेवा विस्तार गरिरहेको छ । इन्टरनेटमा पनि कम्पनीले पुराना र प्रतिष्ठित कम्पनीहरूलाई उछिनेर देशकै ठुलो अग्रणी स्थान बनाएको छ ।

तीन वर्षको अवधिमा कम्पनीले १४ अर्ब ९५ करोड ५० लाख माथिको कारोबार गरेको हो । सन् २०२१ देखि २०२३ सम्ममा सो बराबरको कारोबार गरेको हो । सन् २०२१ मा कम्पनीले ४ अर्ब ९२ करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

सन् २०१० देखि डिसहोमको सुविधा दिँदै आएको छ । हाल कम्पनीको देशभर ७५ वटा डिलर, ४५ सयभन्दा बढी सब–डिलर छन् । यस्तै, १४ वटा सर्भिस सेन्टर र १५ सयभन्दा बढी फ्रेन्चाइजमार्फत् सेवा प्रदान गर्दै आएको छ । कम्पनीको ३३ वटा लोकल केबल अपरेटर र १२५ वटा लोकल केबल अपरेटर फ्रोन्चाइज छन् ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल १० अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५ अर्ब ७२ करोड २८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ अर्ब २७ करोड ७२ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीमा विदेशी कम्पनीको स्वामित्व छ । कम्पनीमा हङकङको स्यान्ड मार्टिन इन्टरनेशनल होल्डिङ प्रालिको ३३ प्रतिशत सेयर स्वामित्व छ । कम्पनीको अध्यक्षमा व्यवसायी एवं सांसद देवीप्रकाश भट्टचन छन् । कम्पनीमा हेमराज ढकाल, सुदिप आचार्य लगायत अन्य व्यक्तिको स्वामित्व छ ।

डिसहोमले सर्वसाधारणलाई सेयर निष्कासन गर्ने तयारीमा रहेको छ । आइपिओ निष्कासनका लागि कम्पनीले नेपाल धितो पत्र बोर्ड(सेबोन) मा पनि आवेदन दिइसकेको छ ।

डिसहोमले प्रतिस्पर्धाको बजारमा लामो छलाङ मारेको छ । हाल कम्पनीको ९ लाख बढी ग्राहक छन् । कम्पनीले सन् २०२० देखि इन्टरनेट सेवा डिसहोम फाइबर नेट ब्रान्डको नाममा सुविधा दिँदै आएको छ, जुन पछिल्लो समय धेरै लोकप्रिय बन्दै गएको छ । डिसहोम फाइबर नेटले हाल ३ लाख भन्दा बढी ग्राहकहरूलाई इन्टरनेट सेवा प्रदान गरिरहेको छ । यस्तै, २०७ च्यानलमध्ये ६० वटा एचडी र १४७ वटा एसडी कन्टेन्टको सुविधा दिँदै आएको छ ।

925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका