जोडिनुहोस
आइतवार, असार २१, २०८३
आइतवार, असार २१, २०८३
  • होमपेज
  • मोबाइलबाटै १० लाखसम्म विनाधितो कर्जा

मोबाइलबाटै १० लाखसम्म विनाधितो कर्जा

नेपाल राष्ट्र बैंकले साना तथा मझौला व्यवसायीलाई लक्षित गर्दै क्यास फ्लो (नगद प्रवाह) का आधारमा मोबाइलबाटै अधिकतम १० लाख रुपैयाँसम्म विनाधितो कर्जा दिन सकिने व्यवस्था लागू गरेको छ। यससँगै साना व्यवसायीले कर्जाका लागि घरजग्गा धितो राख्नुपर्ने, लामो कागजी प्रक्रिया पूरा गर्नुपर्ने र बैंकको शाखा धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। अब व्यवसायीले आफ्नो कारोबारको वास्तविक अवस्थाका आधारमा मोबाइल एपमार्फत नै सहजै कर्जा प्राप्त गर्न सक्नेछन्।

दुई साताअघि एकीकृत निर्देशन संशोधन गरी ल्याइएको यस नयाँ व्यवस्थाअनुसार बैंकहरूले व्यवसायीको नियमित कारोबार, डिजिटल बिलिङ, बैंक खाताको कारोबार र आम्दानीको इतिहास विश्लेषण गरेर कर्जा स्वीकृत गर्नेछन्। बिलिङ तथा कारोबार व्यवस्थापन गर्ने सफ्टवेयरले कारोबारको इतिहास विश्लेषण गरी योग्य देखिएमा बैंकले मोबाइल एपमार्फत नै कर्जा उपलब्ध गराउँछ। यस नीतिबाट पर्याप्त धितो नभएका किराना पसल, रेष्टुरेन्ट, हार्डवेयर, खुद्रा व्यापारलगायत क्षेत्रका हजारौं साना व्यवसायी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

राष्ट्र बैंकको यो नीति कार्यान्वयन गर्दै कुमारी बैंकले आईएमएस सफ्टवेयरसँगको सहकार्यमा मोबाइल एपबाटै कर्जा वितरण सुरु गरिसकेको छ र केही व्यवसायीले कर्जासमेत प्राप्त गरिसकेका छन्। यस्तै, सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंकलगायत अन्य वाणिज्य बैंकहरू पनि यो सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक तथा आन्तरिक तयारीमा जुटेका छन्। यस प्रणालीले धितोमा आधारित परम्परागत कर्जा प्रणालीलाई कारोबारमा आधारित प्रणालीतर्फ रूपान्तरण गर्दै नेपालमा डिजिटल बैंकिङ र वित्तीय पहुँचलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर