जोडिनुहोस
शनिबार, जेष्ठ २३, २०८३
शनिबार, जेष्ठ २३, २०८३
  • होमपेज
  • बैंकका सीईओहरूलाई राष्ट्र बैंकद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम

बैंकका सीईओहरूलाई राष्ट्र बैंकद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रम प्रदान गरेको छ। काठमाडौँमा आयोजित उक्त विशेष कार्यक्रममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका सीईओहरूका साथै सम्पत्ति शुद्धीकरण निवारण समितिका संयोजकहरूको सहभागिता रहेको थियो। वित्तीय क्षेत्रमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी नीतिगत व्यवस्थाको पूर्ण अनुपालना गराउने उद्देश्यले राष्ट्र बैंकले यस किसिमको कार्यक्रम आयोजना गरेको हो।

अन्तरक्रियाका क्रममा पछिल्लो समय सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा नियमावलीमा भएका नयाँ संशोधनहरू, कानुनी व्यवस्था र सम्भावित वित्तीय जोखिमबाट बच्न अपनाउनुपर्ने सजगताका विषयमा बृहत् छलफल भएको थियो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरू र वित्तीय क्षेत्रका उच्च नेतृत्वले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वित्तीय प्रणालीलाई पारदर्शी र सुरक्षित बनाउन चाल्नुपर्ने कदमबारे आ-आफ्नो धारणा राख्नुभएको थियो। यस किसिमको सचेतनाले नेपालको बैंकिङ प्रणालीलाई थप सुदृढ र मर्यादित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

45
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका