जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सानिमा बैंक र निर्णायक ल्याव बीच सम्झौता, स्वास्थ्य जाँचमा ४०% सम्म छूट

सानिमा बैंक र निर्णायक ल्याव बीच सम्झौता, स्वास्थ्य जाँचमा ४०% सम्म छूट

सानिमा बैंकका ग्राहकहरुले झापाको दमकस्थित् निर्णायक रेफेरेन्स ल्याव प्रालिमास्वास्थ्य परीक्षण गर्दा ४० प्रतिशतसम्म छूट पाउने भएका छन् ।

कम्पनी र ल्याव बीच मंगलबार छूटसम्बन्धि सम्झौता भएको छ । निर्णायक ल्यावका कार्यकारी निर्देशक कृष्ण कार्की र कम्पनीको दमक शाखा कार्यालयका म्यानेजर अजय कुमार यादव बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार अब कम्पनीका ग्राहकहरुले निर्णायक ल्यावमा जुनसुकै स्वास्थ्य परीक्षण गराउँदा १० देखि ४० प्रतिशतसम्म छूट पाउनेछन् । निर्णायक ल्याव दमककै एकमात्र अत्याधुनिक मेशिनहरु भएको रेफेरेन्स ल्याव हो भने कम्पनीको दमक शाखा अन्य शाखाहरुमध्ये एक ठूलो शाखा हो ।
कम्पनीका भिषा कार्ड, क्रेडिक कार्ड, मोवाइल तथा इन्टर्नेट बैंकिङलगायतका डिजिटल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले छूटको सुबिधा पाउने छन् ।

जुनसुकै स्वास्थ्य परीक्षण गराउँदा १० देखि ३० प्रतिशत र होलबडीका प्याकेज गर्नेहरुलाई २० देखि ४० प्रतिशत छूट दिइने ल्यावका कार्यकारी निर्देशक कृष्ण कार्कीले जानकारी दिए ।

उनका अनुसार सानिमा बैंकका देशैभरीका डिजिटल बैंकिङ प्रयोग गर्नेहरुले यो छूटको सुबिधा पाउने छन् ।

670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?