जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • गुणस्तर तथा नापतौल विभागले पहिलो पटक पायो महिला महानिर्देशक, जोशी नियुक्त

गुणस्तर तथा नापतौल विभागले पहिलो पटक पायो महिला महानिर्देशक, जोशी नियुक्त

नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा ज्योती जोशी भट्ट नियुक्त भएकी छन् । विभागले पहिलो पटक महिला महानिर्देशक पाएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार विभागकै उपमहानिर्देशकका रुपमा कार्यरत जोशीलाई महानिर्देशक बनाउने निर्णय गरेको थियो ।

यसअघि यही माघ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले विभागका महानिर्देशक दीनानाथ मिश्रलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेसँगै रिक्त भएको पदमा विभागीय मन्त्री रमेश रिजालले मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा जोशीलाई नियुक्त गरेका हुन् ।

2680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका