जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • एनआईसी एशियाको खुलामुखी म्युचुअल फण्डद्वारा लाभांश वितरण

एनआईसी एशियाको खुलामुखी म्युचुअल फण्डद्वारा लाभांश वितरण

एनआईसी एशिया क्यापिटलले संचालन गरेको खुलामुखी म्युचुअल फण्ड योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको छ। एनआईसी एशिया बैंक कोष प्रवर्द्धक तथा एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको सो फण्डले इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको हो।

फण्डले आर्थिक वर्ष २०७९/०८० को लागि योजनाको इकाईधनीहरुलाई कर सहित १० प्रतिशतका दरले योजनाको प्रतिफल/लाभांश वितरण गरेको हो । डिम्याट खातामा बैंक / वित्तीय संस्थाको खाता नं. अध्यावधिक भएका इकाईधनीहरुको हकमा उक्त लाभांश सम्बन्धित इकाईधनीहरुको बैंक खातामा भदौ १७ देखि जम्मा गर्न सुरु गरिएको क्यापिटलले जनाएको छ।

योजनाको लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan) मा सहभागि हुन यस अघि नै आवेदन दिने सम्पूर्ण इकाईधनीहरुलाई सो योजना अर्न्तगत प्राप्त थप इकाईहरु सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा निकट भविष्यमा जम्मा गरिने क्यापिटलले प्रष्ट पारेको छ ।

1750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका