

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त भएका छन्।
प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेशकुमार भट्टराईले राजीनामा दिएपछि इन्स्योरेन्सले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसाईंलाई निमित्त सीईओको जिम्मेवारी दिएको हो।
कम्पनीको संचालक समितिले फागुन १ गतेदेखि लागू हुने गरी भट्टराईको राजीनामा स्वीकृत गरिसकेको छ। उनी माघ १६ देखि २९ गतेसम्म बिदामा रहने भएकाले प्रसाईंले माघ १६ गतेदेखि निमित्त सीईओको जिम्मेवारी सम्हाल्ने कम्पनीले जनाएको छ।
गत जेठमा प्रभु र महालक्ष्मी लाइफ मर्जर भएपछि बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा भट्टराई सीईओ बनेका थिए।