जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • अख्तियारद्वारा मनोज भेटवाल पक्राउ

अख्तियारद्वारा मनोज भेटवाल पक्राउ

बैंकको कर्जा दुरुपयोग प्रकरणमा मनोज भेटवाल पक्राउ परेका छन् । काठमाडौंको पुरानो बसपार्कस्थित काठमाडौं भ्युटावरको निर्माण गर्दै आएका भेटवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको अख्तियार उच्च स्रोतले जनाएको छ ।

पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सका सञ्चालक भेटवाललाई पक्राउ गरेर अदालतमा बुझाइएको अख्तियारले जनाएको छ । भेटवालले भ्युटावर निर्माण गर्दा अनियमितता गरेको भन्दै उजुरी परेको अख्तियारले जनाएको छ ।

भेटवालले तात्कालिन एपेक्स डेभलपमेन्ट बैंक नेतृत्वलाइ पंभावमा पारेर ५० करोड रुपैयाँ भन्दा बढी कर्जा दुरुपयोगको आरोप लागेको छ ।  एपेक्स बैंकका तत्तकालिन अध्यक्ष विष्णु धिताल, इच्छाबहादुर गुरुङ, सुवर्ण राजभण्डारी, बधुवनलाल श्रेष्ठ, ऋषिराज भट्ट, दुर्गादत्त जोशी, रामचन्द्र बसौला, विकास श्रेष्ठ, सागर न्यौपाने, मानबहादुर राउत, विनितमणि उपाध्याय, मोहन खरेल र सुदीप थापा लगायत मुछिएका छन्।

उक्त बैंकको   १ अर्ब २३ करोड ५० लाख ५४ हजार ४ सय बिगो दाबीसहित मुद्दा बुझाएको हो।ेभेटवालले विभिन्न बैंकबाट लिएको ऋण नतिरेपछि बैंकहरुले कालोसूचीमा राखिसकेका छन् ।

4660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका