जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • प्रभु बैंकलाई नयाँ उचाईंमा पुर्याउनेछौँ, ग्राहकलाई फरक सेवाको अनुभूति गराउनेछौँ’ : शेरचन

प्रभु बैंकलाई नयाँ उचाईंमा पुर्याउनेछौँ, ग्राहकलाई फरक सेवाको अनुभूति गराउनेछौँ’ : शेरचन

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकका ग्राहकहरुलाई फरक सेवाको अनुभूति गराउने बताएका छन् । सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले प्राप्ति गरेपछि सुरु भएको एकिकृत कारोबार समारोहमा बोल्दै शेरचनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले प्रभु बैंकलाई नयाँ उचाईंमा पुर्याउनेसमेत दाबी गरेका छन् ।

नेपाली बैंकिङ इतिहासमै अर्को अध्याय सुरु भएको बताउँदै उनले सफल मर्जरमा साथ दिने सबैलाई धन्यवाद दिएका छन् । ‘अव हामी ३५०० कर्मचारीको परिवार बनेका छौं । मर्जर प्रक्रियामा सहयोग गर्ने सबैप्रति आभारी छौं ।’ कार्यक्रममा बोल्दै उनले भने- ‘अर्थतन्त्र सुधार र गुणस्तरीय सेवा प्रवाह अवको हाम्रो प्रमुख लक्ष रहनेछ । यता कार्यक्रममा बोल्दै प्रभु बैंकका सिनियर डेपुटी सीइओ मनोज न्यौपानेले अवको दिनमा प्रभु बैंक थप सशक्त बन्ने बताएका छन् । न्यौपाने सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत हुन् ।
उनले बिग मर्जरले छुट्टै सिनर्जी पैदा गरेकोसमेत बताएका छन् । ‘बिग मर्जरले छुट्टै सिनर्जी पैदा गरेको छ । यसले बैंकलाई थप सशक्त र सुदृढ बनाउनेछ ।’ कार्यक्रममा बोल्दै उनले भने ।

उनले छोटो समयमा मर्जरमा संघाउने सबैलाई धन्यवादसमेत दिएका छन् । ‘प्रभु र सेञ्चुरी मिलेर अव प्रभु बैंक थप ठुलो बनेकोमा हामी अत्यन्तै खुसी छौं ।’ सबैलाई धन्यवाद दिंदै उनले भने- ‘यो छोटो समयमा मर्जरमा जान सघाउने सबैलाई धन्यवाद दिन चाहान्छौँ ।’

मर्जरपछि बन्ने बैंकको कुल सम्पत्ति ३ खर्ब ४० अर्ब, चुक्ता पुँजी २३ अर्ब भन्दा बढी, कुल निक्षेप २ खर्ब ८४ अर्ब, कुल कर्जा लगानी २ खर्ब ५३ अर्ब, शाख संख्या ३६५, एटिएम ३०९, एक्सेन्टस काउन्टर ७२ र ग्राहक संख्या ३० लाख बढी हुने बैंकले जनाएको छ ।

मर्जरपछि बैंक अझ शसक्त हुने प्रभुको दाबी छ । दुई बैंक एक भएसँगै ‘सिनर्जी’सहित अगाडी बढ्नेमा प्रभु बैंकको जोड रहेको छ ।

1715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका