जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सानिमा रिलायन्स लाइफको साधारण सभा सम्पन्न

सानिमा रिलायन्स लाइफको साधारण सभा सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको छैठौं वार्षिक साधारण सभा अम्रपाली ब्याङ्क्वेट भाटभटेनी नक्साल काठमाडौँमा सम्पन्न भएको हो ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, साविक सानिमा लाइफ र रिलायन्स लाइफको आर्थिक वर्ष २०७८–७९ को लेखापरीक्षको प्रतिवेदन पारित गरेको छ । यस्तै, सभाले आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्ने एजेण्डा समेत पारित गरेको हो ।

कम्पनीले यस वर्ष आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको थिएन् । सो कारण सेयरधनीहरुको हात रित्तो भएको हो ।

त्यसैगरी, सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालक चयन भएका छन् ।

कम्पनीले साधारणसभा प्रयोजनार्थका लागि पुस २६ गते बुक क्लोज गरेको थियो ।

380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका