जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पुरानो फोन साट्न सामसङ र एनसेलबीच सहकार्य, एक वर्षसम्म मासिक १ जिबी डेटा पाउने

पुरानो फोन साट्न सामसङ र एनसेलबीच सहकार्य, एक वर्षसम्म मासिक १ जिबी डेटा पाउने

सामसङले एनसेलसँगको सहकार्यमा  पुरानो बारफोन अर्थात फिचर फोन नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्न सक्ने योजना ल्याएको छ ।

एनसेलको ‘फास्ट फरवार्ड लाइफ’अभियान अन्तर्गत यस योजनामा ग्राहकले १२ महिनासम्म हरेक महिना १ जीबीका दरले एनसेल डेटा पाउनेछन् । सामसङको तर्फबाट ग्राहकले नयाँ फोरजी चल्ने स्मार्टफोन पाउने बताइएको छ।

‘नयाँवर्ष, एक्सचेन्जको हर्ष’ योजना अनुसार नेपाललाई डिजिटल बन्न योगदान पुर्याउने सामसङले यो योजना ल्याएको जनाएको छ।

एनसेलको डेटासँग बन्डल गरी ल्याइएको यस योजनाले नयाँवर्ष २०७८ को अवसरमा ग्राहकले अझ बढी सुविधा पाउने कम्पनीले जनाएको छ।

यस एक्सचेन्ज योजनामा ग्राहकले सामसङको ग्यालेक्सी एम०१ कोर र ग्यालेक्सी एम०२ स्मार्टफोन लिन सक्छन् ।

ग्यालेक्सी एम०१ कोरमा १ जीबी र्याम र १६ जीबी स्टोरेज क्षमता रहेको छ । ग्यालेक्सी एम०२ मा ग्राहकले आफ्नो आवश्यकताअनुसार २ जीबी र्याम र ३२ जीबी स्टोरेज वा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज क्षमता भएको दुई सेट मध्ये कुनै एक लिन सक्छन् ।

ग्यालेक्सी एम०१ कोर र ग्यालेक्सी एम०२ सेटमा ग्राहकले सजिलै स्मार्टफोन चलाउन सक्ने इन्टरफेस रहेको छ जसले गर्दा पहिला स्मार्टफोन चलाएको अनुभव नभएका ग्राहकले पनि सजिलै यी सेटहरु चलाउन सक्छन् ।

कम्पनीका अनुसार आफुसँग भएकोे कुनै पनि पुरानो बार फोनसँग ग्राहकले तत्काल नयाँ स्मार्टफोन साट्न सक्छन् । पुरानो बार फोन दिई त्यसको सट्टामा नयाँ फोन लिन दुई वटा शर्तहरु लागू  गरिएको बताइएको छ।

पुरानो मोबाइल स्वीच अन गर्न मिल्ने अवस्थाको हुनुपर्ने तथा फोनको ब्याट्री, स्क्रीन र फोनको बडी सहि अवस्थामा भएमा मात्र साट्न मिल्ने कम्पनीले जनाएको छ।

वैशाख १ गतेदेखि सुरु हुने योजना सिमित अवधिका लागि मात्र रहेको जारी बिज्ञप्तीमा जनाइएको छ।

6750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका